logo
  • मंगलबार, असोज १३ २०८३

आज थप १७० सहित नेपालमा कोरोना संक्रमितको संख्या १२१२


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क, काठमाडौं जेष्ठ १६ ।
नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो। योसंख्या अहिलेसम्मकै बढी हो। यसअघि मंगलबार ९० जना, बुधबार ११४ जना र बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ भने २०६ जना कोरोनालाई जितेर घर फर्केकाका छन्।

प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालम गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजिटिभ आएको छ। यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ। संक्रमित महिला रहेको र सर्लाही घर भइ अहिले पाटन अस्पतालमै रहेको उनले बताए।

यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजिटिभ देखिएको छ। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा पोजिटिभ देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजिटिभ देखिएको छ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ। यस्तै आरडीटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा आरडीटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमूना परीक्षण गरिएको छ।

क्वारेन्टिनमा रहनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ। शुक्रबारसम्म एक लाख नजिक क्वारेन्टिनमा बस्नेहरुको संख्या छ। देशभरीका विभिन्न क्वारेन्टिनमा ९९ हजार ३ सय ३६ जना क्वारेन्टिनमा रहेका छन्। अहिले विभिन्न अस्पतालमा १ हजार जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend