logo
  • मंगलबार, असोज १३ २०८३

आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या हजार नाघ्यो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,काठमाडौं जेष्ठ १५ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको जानकारी दिएको हो ।

आजमात्र थपमात्र १५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend