logo
  • मंगलबार, असोज १३ २०८३

बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि, पिसिआर जाँचलाई बढाइने


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ जेठ १४ ।
बागलुङ जिल्लाका ६ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ। जिल्लाको बडिगाड गाउँपालिकाका वर्ष १९ र २० का २ जना तथा तमानखोला गाउँपालिकाका वर्ष २१, २७, २७ र २१ का ४ जना गरि ६ जनामा कोरोना पुष्टि भएको हो । भारतबाट फर्किएका उनिहरुको सुनौली नाकावाट उद्धार गरि क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइन स्थलबाटै बडिगाडका ८ जना तथा तमानखोलाका १२ जनाको स्वाब संकलन गरि पोखरा स्थीत प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट ६ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ। आज संक्रमण देखिएका ६ जनालाई धौलागिरि उपप्रादेशिक अस्पताल बागलुङ लगिएको छ। अस्पतालमा संक्रमितलाई उपचार गर्ने गरि सवै व्यवस्था तयारी रहेको मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले जानकारी दिनुभएको छ।

संक्रमित हरुको अवस्था सामान्य रहेको छ। जेठ ८ गते सुनौलीबाट बागलुङ आइपुगेका ४९ जना मध्ये ६ जनामा कोरोना देखिएको हो। अन्यको रिपोर्ट भने नेगेटिभ देखिएको छ। हाल सम्म बागलुङमा ३ सय ९७ जनाको पिसिआर परिक्षण गरिएको छ। २ जना अधिल्लो महिनानै निको भएर घर फकिएका छन् भने एक जनाको नतिजा मा बैधता नभएकोले पुन परिक्षण गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत धनश्याम सापकोटाले बताउनु भएको छ। बागलुङमा भारतबाट आएका ६ सय वढि क्वारेन्टाइनमा रहेका छन्।

अहिले बडिगाड गाउँपालिकामा २ सय १८ जना र तमानखोला गाउँपालिकामा १६ जना क्वारेन्टाइनमा रहेका छन्। यसै विच बडिगाड गाउँपालिकाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सवै नागरिकलाई धैर्यता पूर्वक बन्दाबन्दीको पालना गर्दै घरमै एकान्तवासमा बस्न र कोरोना विरुद्धको लडाईमा सरिक हुन आग्रह गरेको छ।

गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जारी गरेको विज्ञप्तीमा एकान्तवासमा बसेका सवै नागरिकको स्वाब परीक्षण गर्ने तयारी भैरहेको भन्दै राजनैतिक दल, चिकित्सक, स्वास्थ्यकर्मि, शिक्षक, कर्मचारी, बुद्धिजिवि, पत्रकार, व्यापारी लगाएत सम्पूर्ण विद्धान वर्गले कोरोना भाइरस रोग विरुद्धको लडाइमा आआफ्नो ठाउँबाट सहभागि रही बडिगाड वासीको जिवन रक्षामा अमुल्य योगदान गर्न आह्वान गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend