साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेठ ११ ।
कोरोना भाईरस महामारीका कारण जारी लकडाउनबाट आवस्यक समस्यालाई मध्येनजर गर्दै स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले पत्रकारहरुलाई “निड बेस एसिसमेन्ट”का आधारमा राहत बितरण गर्नै भएको छ । जसलाई राहत उपलब्ध गराउनै पर्ने अबस्थाका पत्रकारहरुलाई राहत उपलब्ध गराउने कार्यवाहक अध्यक्ष ईश्वर पौडेलले बताउनु भएको छ ।
स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले पत्रकार संघ प्रदेश नं ५ को आज बसेको भिडियो कन्फ्रेन्स बैठकले यस्तो निर्णय गरेको हो । स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का कार्यवाहक अध्यक्ष ईश्वर पौडेलको सभाअध्यक्षतामा उपलब्ध सल्लाहकार एवं पदाधीकारीहरुको बैठकले सरकारले जारी गरेको नयाँ नक्साको स्वागत गर्दै राष्ट्रिय अखण्डताको पक्षमा सरकारको कदमको पुर्ण समर्थन गर्ने निर्णय गरिएको सचिव बिन्दु घिमिरेले जानकारी दिनुभयो ।
राहतको आवस्यक परेका पत्रकारहरुले अर्घाखाँचिका लागि सचिव बिन्दु घिमिरे ९८४३५३६६८०, सल्लाहकार बिशाल पाण्डे ९८४७१०८०४०, रुपन्देही तथा आसपासका जिल्लाहरुका लागि कार्यवाहक अध्यक्ष ईश्वर पौडेल ९८५७०३७९१०, नवलपरासीका लागि कोषाध्यक्ष बिमल भट्टराई ९८५७०४६५६९, प्रदेश सदस्य ९८६७४८९८३६, दाङ र आसपासका जिल्लाहरुका प्रदेश अध्यक्ष बिष्णुकुमार देवकोटा ९८५७८३५१५७, प्रदेश सदस्य अंकित डि.सी. ९८०६२५७३००, नेपालगंजका लागि प्रदेश सदस्य सुरज मेघनाथ९८०१९१८३६७ मा संपर्क गर्न स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले पत्रकारहरुलाई हार्दिक अनुरोध गर्नै निर्णय गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend