logo
  • मंगलबार, असोज १३ २०८३

मृतक शिक्षकका गाउँले एक जनामा कोरोना पुष्टि


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

Blood sample tube positive with COVID-19 or novel coronavirus 2019 found in Wuhan, China

हुमाकान्त पोखरेल, गुल्मी जेठ १० ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ मा थप एक जनामा कोरोना पुष्टि भएको छ । शनिबार आएको पिसिआर् रिपोर्टमा ३१ बर्षिया पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको छ । बाँकी ४ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएका उनी बैंकका कर्मचारी हुन ।

मदानेका ४१ बर्षिया शिक्षकमा जेठ ५ गते कोरोना पुष्टि भएपछि अर्को दिन स्वास्थ्य कार्यालय गुल्मीको समुहले उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरेको थियो । जसमध्ये शुक्रबार २५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । तर शनिबार रिपोर्ट आएका पाचँ जनामध्ये एक जनामा कोरोना पुष्टि भएको हो ।

उनलाई तत्कालको लागि मदाने गाउँपालिकाकै आइसुलेशन कक्षमा राख्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यका अनुसार मदानेका दुई जनामा पुष्टि भएको कोरोनाको स्रोत अझैसम्म थाहा हुन सकेको छैन ।

एक जनामा कोरोना पुष्टि भएको कम्तिमा सात दिनपछि अन्यको पिसिआर गर्नुपर्ने उनको भनाई छ । केहि दिनअघि बुटबलमा मृत्यु भएका शिक्षकबाट उनमा कोरोना सरेको आचार्यले बताए । अब गुल्मीका सबै स्थानीय तहहरु शिल गरि परिक्षणको दायरा बढाउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend