logo
  • मंगलबार, असोज १३ २०८३

कपिलवस्तुको वाणगंगाका ६ जनामा कोरोना, पाँच वडामा संक्रमण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कपिलवस्तु, जेठ ९ ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा एकैपटक पाँच वडाका पाँच जना नागरिकमा कोरोना पुष्टि भएको छ । आज बिहान सार्वजनिक गरिएको तथ्याङ्क अनुसार वाणगंगा नगरपालिकामा ६ जना कोरोना संक्रमित भेटिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विहान देखिएको जानकारी अनुसार कपिलवस्तु जिल्लामा ९ जना थप संक्रमित थपिएका छन ।

जसमध्ये ५ जना वाणगंगा नगरपालिकाका नागरिक हुन । वाणगंगामा संक्रमण पुष्टि भएका मध्ये वडा नं ७ का ५३ वर्षका एक पुरुष छन भने वडा नम्बर ५ मा २७ वर्षका एक पुरुष हुन । त्यस्तै वडा नं. १० बर्ष २५ का एक जना पुरुष, वडा नं. ८ २४ वर्ष का एक जना पुरुष रहेका छन् भने वडा नं. ४ की ८ वर्षकी एक बालिकामा पनि कोरोना पोजेटिभ देखिएको हो ।

एक जनाको भने एकिन थथ्याङ्क अझै आधिकारीक आइृनसकेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले जानकारी दिनुभयो । आज एकैपटक ६ जनामा कोरना पोजेटिभ देखिए सँगै वाणगंगामा कोरोनाको त्रास सँगै जोखिम पनि उत्तिकै देखिएको छ । १ सय १३ जनाको पिसिआर परिक्षणका लागि काठ्माडौँ स्थित टेकु अस्पतालमा गरिएको परिक्षका क्रममा वाणगंगाका नागरिकमा संक्रमण पुष्टि भएको हो ।

तीन जना नगरपालिकाको क्वारेन्टाइनमा बसेका नागरिक हुन भने तीन जना सेल्फ क्वारेन्टाइनमा बसेका नागरिक भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसैबिच वाणगंगा नगरपालिकाबाट आज थप ५० बढी नागरिकको पिसिआर परिक्षण हुने स्वास्थ्य शाखा संयोजक पौडेलले जानकारी दिनुभयो । आज रिर्पाेट आएका मध्ये कपिलवस्तुमा दुई जना पत्रकार समेत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend