साझा नेटवर्क
हुमाकान्त पोखरेल,गुल्मी जेठ ५ ।
गुल्मीमा एकजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ स्थित कंकेदेउराली निम्न माध्यमिक विद्यालयका ४१ बर्षिया शिक्षकलाई कोभिड १९ अर्थात कोरोना संक्रमणको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिर्थ पन्थीले जानकारी दिए ।
उनलाई अन्य समस्या देखिएपछि पाचँदिनअघि उपचारको लागि एम्बुलेन्समा बुटबल गएका थिए । अहिले बुटबलस्थित किम्सन अस्पतालमा उनको उपचार भइरहेको छ । उनको अवस्था भने गम्भिर रहेको स्वास्थ्य संयोजक पन्थीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend