logo
  • मंगलबार, असोज १३ २०८३

विराटनगरका २ र धनकुटाका १ जनामा काेराेना सङ्क्रमण पुष्टि


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

२०७७ जेठ ४ गते

माेरङ – नेपालमा थप तीन जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ ।
विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ काे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

याेसँगै काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई सय ९४ भएकाे छ । ३६ जना उपचारपछि निकाे भएका छन् भने दुई जनाकाे ज्यान गएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend