साझा नेटवर्क
काठमाण्डौ, जेठ ३ ।
काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको मृत्यु कोरोना कै कारण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । अहिले साँझ ८ः५० बजेको अपडेटमा मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाईरस कोभिड १९ को कारण मृत्यु हुन पुगेको पृष्टि गरेको हो ।
साथै मन्त्रालयले फेरी २ जना कोरोना संक्रमित थपिएको पनि जनाएको छ । धनुषाका २० र ६५ वर्षका २ पुरुष थप संक्रमित भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या २८१ पुगेको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend