logo
  • मंगलबार, असोज १३ २०८३

आज थप ९ जना सङ्गै संक्रमितको संख्या २७६ पुग्यो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,काठमाडौं जेठ ३ ।
कपिलवस्तुमा थप ३ जनालाई पुष्टि भएसँगै शनिबार (आज) बिहान मात्रै नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषमा संक्रमण भेटिएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ।
यसअघि शनिबार बिहानै विभिन्न ५ जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको थियो।

ती संक्रमित पर्सा, वीरगञ्ज-१२ का २८ र २९ वर्षीय पुरुष, बर्दिया नार्खु-११ का २८ वर्षीय महिला, सिरहा सखुवा-१९ का ३० वर्षीय पुरुष, सर्लाही रामनगर-४ का १८ वर्षीय महिला र चितवन गढौंली-१ का २५ वर्षीय महिला छन्।

उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छ्न ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend