logo
  • मंगलबार, असोज १३ २०८३

उपचार खर्च जुटाउन नसक्दा विचल्लीमा कुँवर परिवार


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

गुल्मी, जेठ १ ।
उपचारमा लाग्ने खर्च जुटाउन र विरामीलाई अस्पतालमा रेखदेख गर्ने मान्छेको अभावमा अर्घाखाँचीका ५० वर्षिय एक जना मृ*त्यूको समय पर्खी रहेका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं ७ का ५० वर्षीय बेदुराम कुँवर उपचारमा खर्च जुटाउन नसक्दा वृद्धा आमा लक्ष्मी कुँवर र श्रीमती मिना कुँवरले उनको मृ*त्युको समय पर्खीन वाध्य छन् ।

विगत १६ वर्षदेखि ट्यु*मरको विरामीले थलिएका बेदुरामलाई उपचारको निम्ति केही स्थानीय मेडिकलमा प्रयास गरेपनि आफुसगं पैसा नभएपछि घरमै राख्नुपरेको श्रीमती मिनाले बताउनुभयो । अहिले घरमा वृद्ध आमा र श्रीमती मात्र छन् । २ भाई छोराहरु धन कमाउन भनेर परदेश लागेका थिए तर तिनीहरु कहाँ छन् थाहा छैन् उहाँले भ*क्कानिँदै भन्नुभयो।

म पढेकी छैन, केही वोल्न जान्दिन, आमा लक्ष्मीले भन्नुभयो वरीपरी छरछिमेकी र आफन्तहरुले समेत घरमा आएर कहिल्यै विरामीको अवस्था कस्तो छ भनेर सोध्दैनन् । घरमा बिहान के खाने के लाउने भन्ने पीर त छनै त्यसैमाथी घरमा कमाएर ल्याउने छोरानै थलिएर आमाले स्याहार गर्नुपर्दा निकै दु*ख लाग्ने गरेको उहाँले बताउनुभयो । २ भाई छोराहरु त थिए धेरै पहिले परदेश पसेका हुन् अँह फर्केर आएका छैनन् । उनीहरु पनि कुन हालतमा छन् केही थाहा छैन उहाँले दु*खेसो गर्नुभयो ।

कमजोर आर्थिक अवस्थाको यो परिवारले उपचार नपाएर म*र्न पर्ने हो की भन्ने पि*रलो लिएर बाँचिरहेका छन् । श्रीमती मिना कुँवरले ग*हभरी आँ*सु लिँदै भन्नुभयो – रोग नलाग्दा त उहाँ विदेश पनि जानुभयो । कमाउनु पनि भयो तर अहिले विरामी भएपछि कसैले नहेर्ने रहेछन् । सबैलाई पैसा नै प्यारो रहेछ । छोराको उपचार गर्ने क्रममा अहिलेसम्म धेरै ऋण लागिसकेको छ, आमा लक्ष्मीले बताउनुभयो । उहाँले आर्थिक सहयोग पाएमा छोरालाई बचाउन सकिने आशा समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend