साझा नेटवर्क
कमल पौडेल,बाग्लुङ जेठ १ ।
गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकालाई सिल गरिएको बताउनु भएको छ । बुधवार मध्यपहाडि लोकमार्ग अन्तरगत गल्कोट नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरौंदि खोला पुलमा बार लगाउन र हेल्थ डेस्क स्थापना गर्न पुग्नुभएका नगरप्रमुख गैरेले गल्कोट नगरपालिकालाई सिल गरिएको, अत्यावश्यक बाहेक कोहि कसैलाइ नछोडिने बताउनु भएको छ ।
स्थानिय प्रहरी, स्वास्थ्यकर्मि, जनप्रतिनिधि सहित सिमानामा पुगेको नगरपालिकाको टोलीले विहिवार देखि हेल्थ डेस्क स्थापना गर्ने जनाएको छ । गल्कोट बाट बारा, पर्सा पुगेका मजदुर मध्य १४ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिकामा लकडाउन कडाइ गरिएको हो । संक्रमित मजदुरहरुको सम्पर्कमा भएकाहरुलाई ट्रेसिङ गरि पिसिआर जाँच पछि मात्रै ढुक्क हुन सकिने अवस्था भएकोले तत्काललाई गल्कोट नगरपालिकालाई सिल गरिएको नगरप्रमुख गैरेले बताउनु भएको छ ।
पालिका सिमानामा भएको छलफलमा नगरप्रमुख गैरे सहित उपप्रमुख रेनुका काउचा, वडा नं. ११ का अध्यक्ष डम्बर श्रीस, वडा नं. ८ का अध्यक्ष राम प्रसाद कँडेल लगाएत स्वास्थ्यकर्मि, सुरक्षाकर्मि लगाएतको सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend