logo
  • मंगलबार, असोज १३ २०८३

३ जना सुरक्षाकर्मी सहित रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

बुटवल, बैशाख ३१ ।
रुपन्देहीमा बुधबार पुष्टि भएका कोरोना संक्रमित मध्ये १० जना एउटै टोलका रहेका छन् । ति मध्ये ९ जना एउटै परिवारका हुन् । रुपन्देहीको गैंडहवा गाउंपालिका वडा नंं २ जोगडाका उनिहरु बैशाख २५ गते मात्रै भारतको मुम्बईबाट गाडी रिजर्भ गरि आएका थिए । मुम्बईबाट आएका एउटा परिवारका १७ जनामा ९ जनामा संक्रमण पुष्टि भएको छ भने उनिहरुसंगै मुम्बईबाट आएका सोहि टोलका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनिहरु सबै गाउंपालिकाको वडा नं. २ स्थीत जोगडा माविमा बनाएको क्वारेन्टाईनमा बसेका थिए । ति मध्ये सातजना पुरुष र तिनजना महिला रहेका छन् । संक्रमित मध्ये ४ वर्षदेखि ४१ वर्ष उमेर समुहका छन् । त्यसैगरी रुपन्देहीमा संक्रमण पुष्टि भएका अन्य दुईजना मध्ये एकजना कपिलवस्तुका र एकजना भारतिय नागरिक रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्ट्रल कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए ।

शैक्षिक तालिमकेन्द्र भैरहवाको क्वारेन्टाईनमा बसेका भारतिय नागरिकलाई ज्वरो आएपछि भैरहवा स्थीत भिम अस्पतालमा रहेको आईसोलेसनमा भर्ना भएका थिए । त्यस्तै कपिलवस्तुको महेन्द्र मावि क्वारेन्टाईनमा बसेका पुरुष पनि ज्वरो आएपछि भिम अस्पताल भैरहवामा भर्ना भएका थिए । उनिहरु सबैको अवस्था सामान्य रहेको शाहले जानकारी दिए । रुपन्देहीका संक्रमितहरुको भैरहवा स्थीत प्रादेशिक प्रयोगशालामा स्वाव परिक्षण गरिएको थियो ।

यो संगै रुपन्देहीमा संक्रमितहरुको संख्या २८ पुगेको छ । त्यस्तै कपिलवस्तुमा भेटिएका संक्रमित पनि आठैजना कृष्णनगर नगरपालिकाका रहेका छन् । संक्रमित मध्ये तिनजना सुरक्षाकर्मी रहेका छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनाराय पौडेलले संक्रमितमध्ये नेपाल प्रहरीका प्रहरी नायब निरिक्षक एक, शसस्त्र प्रहरी नायब निरिक्षक एक र राष्टिय अनुसन्धानका सहायक निरिक्षक रहेको जानकारी दिए ।

ड्युटीमै रहेका उनिहरुको स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपनि उनिहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पौडेलले जानकारी दिए । त्यस्तै संक्रमित मध्ये अरु पांचजना भने भारतबाट आएको र उनीहरु नगरपालिकाको महेन्द्र मावि क्वारेन्टाइनमा बसेका थिए । यो संगै कपिलवस्तुमा कुल संक्रमितको संख्या ३८ पुगेको छ । बुधवार दिउँसो पनि कपिलवस्तु नगरपालिकाको वडा नं. ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

बुधवार प्रदेश ५ को नवलपरासीमा पनि १ जनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासीको प्रतापपुर स्थीत त्रिभुवन माविको क्वारेन्टाईनमा बसेका ३६ वर्षिय पुरुष पनि भारतबाटै आएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । प्रदेश ५ मा रहेका तराईका ६ जिल्लामध्ये दाङ बाहेक पांच वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ । हालसम्म प्रदेश ५ मा संक्रमितहरुको संख्या ९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend