logo
  • मंगलबार, असोज १३ २०८३

उद्योगी केशव खड्काद्वारा १२५ विपन्न परिवारलाई राहत


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सुवास वि सी, गुल्मी वैशाख ३१ ।
गुल्मीदरबार गाउँपालिका वडा न २ जुभुङ्गमा दोस्रो चरणको राहत वितरण सम्पन्न भएको छ । दोस्रो चरणको राहत साविकको जुभुङ्ग ३ निवासी हाल रुपन्देही सिद्धार्थनगर नगरपालिका बस्ने तथा दाउन्ने फिड्सका संचालक केशव विक्रम खड्काले वडावासी विपन्न तथा अति गरिब परिवारलाई उपलब्ध गराउनु भएको हो ।

वडामा पहिलो चरणमा राहत पाउने ७८ जना र थप ४७ जना गरि १२५ जनालाई वितरण गरिएको वडा अध्यक्ष हरिहर गौतमले बताउनुभयो ।राहत वडा कार्यालयको समन्वयमा विपन्न तथा अति गरिब परिवारलाई राहत वितरण गरिएको छ । विपन्न तथा अति गरिब परिवारलाई चामल २५ के जी,दाल ४ के जी,आलु ४ के जी,नुन १ के जी,तेल १ लिटर,प्याज १ के जी,सोयाविन २ पोकाका दरले राहत सामग्री उपलब्ध गराएको गौतमले बताउनुभयो ।

राहत एकद्वार प्राणालीबाट वितरण गरिएको छ । राहत सामाग्री भैरहवाबाट नै प्याकिङ्ग गरेर पठाएको हुनाले वितरणमा सजिलो भएको गौतमले बताउनु भयो । राहत सामाग्री भैरहवाबाट गौडाकोटसम्मको ढुवानी सहयोगी व्याक्तिले गरे पनि गौडाकोटबाट तोकिएको राहत वितरण केन्द्रसम्म वडा कार्यक्रमले सहयोग गरेको गौतमले बताउनुभयो । साथै राहत उपलब्ध गराउने दाउन्ने फिड्सका संचालक केशब विक्रम खड्कालाइ धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend