logo
  • मंगलबार, असोज १३ २०८३

पाँच दिन गुल्मी जिल्ला सिल गर्ने निर्णय


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी बैशाख ३१ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सवै नाका सिल गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यास्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सवै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३), संक्रामक रोग ऐन २०२० को दफा २(२) तथा नेपाल सरकार मन्त्री परिषदको बैशाख २४ गते बसेको बैठकको निर्णय नं ६ बमोजिम नाका बन्द गर्ने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले प्रदेश ५ का छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दैनिक बढ्दै गएकाले अहिलेलाई पाँच दिन मानिसहरुको आवतजावज पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए । उनले एम्बुलेन्स, शव बहान, मृत्यु सस्कार, बिद्युत, संचार, खानेपानी, औषधी र इन्धन बाहेक अन्य सवै प्रकारका सवारी साधनहरुको आवागमन बन्द गर्ने निर्णय भएको बताए ।

त्यस्तै सर्वसाधरण नागरिक बिरामी भएको अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कने, सहकारी तथा बित्तिय संस्था पूर्ण रुपमा बन्द गर्ने अत्यावश्यक दैनिक उपभोग्य वस्तु जस्तै इन्धन, दाल, चामल, तेल, नुन, दुधडेरी, तरकारी तथा फलफुल पसलहरुमा अनिवार्य हात धुने व्यावस्था गर्ने र बिहान ११ बजेदेखि १ बजेसम्म मात्र बिक्री वितरण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए ।

जिल्ला प्रशासनकार्यालय गुल्मीबाट जारी सूचना-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend