logo
  • मंगलबार, असोज १३ २०८३

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन ७४ जनामा देखियो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

बैशाख ३०, २०७७ मंगलबार

काठमाडौं । मंगलबार एकै दिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनायो । यसअघि आज दिउँसो ५७ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो १७ जनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि देखिएका ५७ सङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो ।
(स्राेतः राजधानी दैनिक)

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend