logo
  • मंगलबार, असोज १३ २०८३

मरन्ठाना क्वारेन्टाइनमा रहेका २९ जनामा कोरोना परिक्षण गर्दा ११ जनामा आरडीटी पाेजेटिभ


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

रमेश गिरि,प्यूठान वैशाख ३० ।

प्यूठानको मरन्ठाना स्थित क्वारेन्टाइनमा रहेका २९ जनामा कोरोना परिक्षण गर्दा ११ जनामा आरडीटी पाेजेटिभ देखिएको छ । १५ दिनसम्म क्वारेन्टाइनमा बसेकाहरुलाई घर फर्काउनको लागी गरिएको आरडीटी परिक्षणको क्रमामा ११ जनामा आरडीटी पाेजेटिभ भेटिएको हो ।

सिर्जनशिल बोर्डिंग स्कुल बुढादेवीमा गरिएको परीक्षणमा ५ पुरुष र २ महिला,बालशिक्षा प्रावि गुरिगाउमा २ पुरुष १ महिला र  विद्या भण्डार आधारभुत विद्यालय धगेमा गरिएको परिक्षणमा १ पुरुषमा आरडीटी पाेजेटिभ देखिएको हो ।

आरडीटी पाेजेटिभ देखिएका  २ जना बुटवल र बाँकी २७ जना काठमाडौंबाट बैशाक १६ गते प्युठान ल्याईएकाे हाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend