साझा नेटवर्क
संगिता कुवँर, टोकियो श्रावण २४ ।
शनिबारबाट सुरु भएको २ दिने नेपाल फेस्टिवल जापानमा सम्पन्न भएको छ । गैरआवसीय नेपाली संघ जापानको आयोजनामा नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ ।

नेपालको पहिचान जापानी माझ पुर्याउने र नेपालको पर्यटन बिकासमा सहयोग होस भन्ने उद्देश्यले आयोजना भएको थियो । कार्यक्रममा २२ वटा नेपाली परिकार सहितका स्टल तथा ३० वटा सेवा मुलक कम्पनी तथा सामाजिक संघसस्थाको स्टल रहेका थिए ।
त्यस्तै थप १० वटा स्टलमा नेपाली पहिचान झल्कने नेपाली पोसाक, फोटो प्रर्दशनीका साथै मेहन्दी लगाउने, नेपाली पोसाक लगाएर तस्वीर खिचाउने लगायतका स्टलहरु रहेका थिए । खानाका स्टलहरुमा नेपाली खाना सेलरोटि,अचार, करी,म:म, पानीपुरीको स्वादमा दशर्क व्यस्त देखिन्थे ।
जापानीहरु पनि नेपाली कार्यक्रममा नाचगान संगै रमाईरहेका थिए । कतै नेपाली पोशाक भजन बाजाको आबाज र रमाईलोले २ दिन सम्म नेपालीमय बनेको योयोगीपार्क साच्चीकै नेपालमै भएको अनुभव हुन्थ्यो ।
अरु बेला ब्यस्त बन्ने नेपाली चर्को घाम छलेर कार्यक्रममा पुगेका थिए । सार्वजनिक बिदा परेकोले पनि उपस्थिति बाक्लो रहेको थियो । साथै स्टल रहेको क्षेत्रमा सरसफाईको लागी आयोजकले अनुरोध समेत गरेको छ ।
सम्पन्न फेस्टिवलको स्थलमा फोहोर रहकोले समय मिल्ने नेपालीलाई सोमबार दिउसो गरीने सरसफाई कार्यक्रममा उपस्थीतिको लागी आयोजकले अपिल गरेको हो ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend