साझा नेटवर्क
अनिल खत्री,गुल्मी वैशाख २९ ।
कोरोना भाइरस (कोभिड १९) अदृश्य सत्रुले यति बेला बिश्वलाई नै आक्रान्त पारेको छ । सिमित श्रोत साधन भएको हाम्रो नेपाल पनि युद्धमा होमिरहेको छ । मानबजातीको सुरक्षाको निम्ति अनेकौं विकल्प भैरहेका छन र जटिल चुनौतीको बिषय भएता पनि हरेक निकाय तथा स्थानियतह हरुले यथासक्य प्रयास गरिरहेका छन ।
सोहि अनुरुप मदाने गाउँ पालिकाको वडा नं.१ अग्लुङ्गले पनि बच्न र बचाउन अनेकौं निति नियम बनाएता पनि दरिलो तबर वाट कार्यान्वयन ल्याउन नसक्दा काठमाडौमा अध्ययन तथा रोजगार गर्दै आएका अग्लुङ्ग फेदी र अग्लुङ्ग घडेरी निवासी द्वय युबा जगराम बिश्वकर्मा र बसन्त चन्द अग्लुङ्ग माबी मा रहेको अग्लुङ्ग क्वारेन्टाइनमा हिजो आफै प्रबेश गरेका छन । काठमाडौमा अध्ययन तथा रोजगार गर्दै आईरहेका यि युबा काठमाडौ मा खान बस्न कुनै समस्या नरहेको र राहत तथा खाद्यान्न सामाग्रीहरु सरकारी निकाय बाट उपलब्ध भैरहेको थियो ।
तर गाउमा लकडाउनको पुर्ण पालना नभएको, आवतजातमा कुनै पनि रोकावट नभएको,अग्लुङ्गमा माबी मा धेरै अगाडी क्वारेन्टाइन स्थापना भएता पनि जिल्ला भन्दा बाहिरबाट धेरै मानिस हरु आएता पनि उनिहरुला सेल्फ क्वारेन्टाइन मा नराखी होम क्वारेन्टाइन मा ब्यबस्थापन मिलाएको भएता पनि पुर्ण पालना नभएको र गाउँ यस्तै लचिलो बन्दै गए अब जिल्ला भन्दा बाहिर बाट धेरै मानिसहरुको गाउँ आगमन संगै गाउँमा जटिलता हुन सक्ने र आगमन हुने सबैलाई क्वारेन्टाइन अनिवार्य राख्न पर्ने जोड गर्दै आफुहरुले सुरुवाती गरेको कुरा उदृध गर्दै गाउँको सुरक्षामा आफुहरुको पनि अहम जिम्मेवारी रहेकाले प्लास्टिकमा भात पोको पारी खाद्यान्न सामाग्री ओसारपसार गर्ने ट्रक,एम्बुलेन्स र पैदल गर्दै प्युठान ददेरीको क्वारेन्टाइन मा दुई दिन बिताई ६ दिनको सरकारको मापदण्ड अनुसार स्थापित गरेको अग्लुङ्ग क्वारेन्टाइनमा हिजो सोझै प्रबेस गरेका छन हामीलाई क्वारेन्टाइनमा राख्नुस भन्दा जनप्रतिनिधिहरु आनाकानी गरे जस्तो पनि उनिहरुले जनाएका छ्न ।
यदि स्थानीयतह देखी कुनै पनि सेबा सुबिधा तथा सुरक्षा गरेन भने पनि भोकै प्यासै १४ दिन सेल्फ क्वारेन्टाइनमा बिताउने ति द्वय युबाले बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend