logo
  • शनिबार, साउन ९ २०८३

कविता : नेपाली भूमि छोड


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

देबसिँह सेन ठकुरी " देवजल"

जहाँ
ऊ जन्मेयो ,
म जन्मेयो,
हामी जन्मेयो
सम्रगमा नेपाली जन्मेयौ,

चाँहे अकिञ्चन् हाेस् वा अमिर हाेस्
निहथ्या होस वा बलवान होस
विकसित हो वा अविकसित होस
आखिर जन्मभूमि जन्मभूमि हाे ।
दुख लाग्छ, मुटु नराम्ररी चस्कन्छ ।

आज तिम्रो वक्षस्थल विक्षिप्त छ
छियाछिया र अपाङ्ग छौ तिमी,
विस्तारवादको गिद्दे नङ्ग्राले
धेरै भयो तिम्रो छातीमा ती दुष्टहरुले संगिन राेपेकाे
अहँ रोकिएको छैन,विस्तारवादि कुकर्म ,
घटेको छैन बरु बढेको छ ,हिजो भन्दा आज
उसको अनेकौं फेरिएको दुस्कर्म

भो,भो अब अति भो नेपाल भूमि छोड,
तैले के ठानेको छस?विस्तारवाद
हो हामी मान्छौ,तँ विशाल छस, बलवान् छस
के त्यो भन्दैमा हामी तेरो अघि लम्पसार पर्ने
तैले जे गरे पनि टुलुटुलु हेर्ने,
किमार्थ हामी मान्न तयार छैन ,

बरु रगत बगाउन तयार छौ ,
अनि कयौं नेपालीलाई रोजीरोटि दिएको,अहङ्कार छ तँ सँग,
त्यो तैले दिएको उपहार होइन मुर्ख
त्यो त कर्मवीर नेपालीको पसिना र रगतको मूल्य हो ।
जहाँ यिनै कर्मविरहरुको श्रम र पसिनाले
तेरो टारी र वारि हराभरा भएको छ,
उजाड तेरो भूमि उर्वर बनेको छ ।

त्यसैले अहम र घमण्ड छोड दादागिरी बन्द गर
कालापानीबाट तेरो सेना तुरुन्तै हटा
लिपु लेक र लिम्पुयाधुरा छोड,
जहाँ कयौं बर्ष देखि तेरो गिद्दे दृष्टि नाचिरहेको छ ।
हस्तक्षेपकारी पखेटाहरु नचाउदै
सुन्दैनस तैले पीडितको स्वर दम्भ छ तँसँग
विस्तारवादको गन्ध छ,

विपुलको फुर्ती लगाउछस,
तलाई राम्रोसँग थाहा छ होला यो देश भक्ती थापाको देश हो
जसले कयौं दुश्मनको माथ टुक्राटुक्रा पारेका थिए ,
हो हामी उनैका सन्तान हौ
हामीलाई कमजोर नठान,

गरिबको बिल्ला नभिरा,
गरिब छौ तर हामी कर्मवीर छौ
पसिना र परिश्रममा विश्वाश गर्छौ ,
बरु वक्षस्थलमा गोली थाप्न तयार छौं ,
तर एक इन्च भूमि गुमेको हामीलाई मान्य छैन ।
अचेल सुन्दैछु,
कोरोनाको कहरको मौका छोपेर
नेपाली भूमिमा जाल रच्दैछस रे!
ढुक्क हो विस्तारवाद !

तेरो तुनाबुना
कुनै हालतमा सफल हुने छैन
तँ हार्नेछस , हामी जित्ने छौ,सत्यको विजय हुनेछ ।
हाम्रो गुमेको भूमि फिर्ता भएरै छोडने छ ,
अनि मात्र नेपाली मनहरु हाँस्ने छ ,
मेरो सरकार तिमी किन लुगलुग कामेका छौ सत्यवाणी बोल्न,
एक कल फोन गरेर किन आक्रोश व्यक्त गर्न सक्दैनौं ,
किन?टुलुटुलु हेरिरहेका छौँ ,
विस्तारवादको प्रतिकार गर
भिख माग्ने हातहरु बन्द गर ।

                       देबसिँह सेन ठकुरी ” देवजल”

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend