logo
  • शनिबार, साउन ९ २०८३

मोना कतारले अगष्ट २६ मा वार्षिक उत्सव मनाउने


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

तिलु शर्मा पौडेल,  कतार  श्रावण २३।
मोना कतारको एघारौ मासिक तथा नियमित बैठक शुक्रवार सम्पन्न भएको छ । कतारको दोहा स्थित मुन्तजा पार्कमा बसेको बैठकमा बिभिन्न शीर्षकमाथि छलफल भएको थियो । उक्त बैठकले आगामी २६ तारिकका दिनमा मोना कतारको वार्षिकोत्सव तथाबिबिध समयमा योगदान दिएका बिबिध व्यक्ति तथा ससथालाई सम्मान कार्यक्रमको आयोजना गर्ने बिगतको निर्णय अनुरुप तयारीलाई तिब्रता दिने निर्णय गरेको छ ।
mona
बिन मोहमुदमा अबस्थित् सालिमार दरबार रेस्टुरेन्टमा सम्पन्न हुने उक्त कार्यक्रम दिउसो २ बजे बाट सुरु हुनेछ । साथै मोना कतारले पहिलो पल्ट सास्कृतिक बिभाग समेत गठन गरेको छ । जसको संयोजकमा मोना कतारका कार्य समिति सदस्य बबी साही रहनु भएको भने सदस्यहरुमा महिला सयोजक सपना पुन र मोहन पौडेल रहेका छन । समयको मागलाइ मध्यनजर गर्दै साँस्कृतिक बिभाग गठन गरिएको र यसको संयोजकको जिम्मेवारी आफुले पाउदा अति नै खुसि लागेको साहीको भनाइ छ ।

दोहा कतारमा निकै नै चर्चित खेल मध्यको एक खेल भालिबल पनि रहेको हुदा राजेन्द्र भण्डारीको सयोजकत्वमा ३ सदस्यीय खेलकुद समिति चयन गरिएको छ जसमा मिन नेपालि र आकाश रसाइली रहेका छन भने आकास रसाइली लाइ टिम कोचको जिम्मेवारी समेत प्रदान गरिएको छ । सचिब राजु पौडेलले संचालन गरेको कार्यकर्मको अध्यक्षता सस्थाका अध्यक्ष गणेस प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend