logo
  • मंगलबार, असोज १३ २०८३

रेमलिटोला प्राविमा विद्यालय व्यवस्थापन समितिको गठन,अध्यक्षतामा पुन


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ्ग २८ ।
रेमलिटोला प्राथमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. २, सक्न्यारमा अभिभावक भेला सम्पन्न भएको छ ।  भेलाले लेखक पुनको अध्यक्षतामा ९ सदस्यिय विद्यालय व्यवस्थापन समितिको गठन गरेको छ ।

जसको सदस्यहरुमा खड्क बहादुर घर्ति, विष्णु थापा, केशरी थापा, गिता घर्ति, मन बहादुर थापा, शिक्षक प्रतिनिधि नरमति थापा, सदस्य सचिवमा प्रधानाध्यापक जंग बहादुर बलामी र पदेन सदस्यमा वडा अध्यक्ष ढालप्रसाद शेरचन रहनुभएको छ।

त्यस्तै भेलाले प्रेम पुनको संयोजकत्वमा ९ सदस्यिय शिक्षक अभिभावक संघको गठन गरेको छ। सो भेलामा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले तल्लो कक्षाको शैक्षिक गुणस्तर नसुध्रिय सम्म माथिल्लो कक्षामा कठिन हुने भन्दै तल्लो कक्षा आधार भएकोले गुणस्तर वृद्धिमा लाग्न विद्यालयहरुलाई आग्रह गर्नुभएको छ।

त्यस्तै भेलामा वडा अध्यक्ष ढाल प्रसाद शेरचनले सवै वालवालिकाले आफ्नो क्षमता अनुसारको शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक अधिकार भएकोले कोहि पनी वालवालिका विद्यालय वाहिर रहन नहुने र त्यसको लागि आफूले पहल गर्ने बताउनु भएको छ। भेलामा रन बहादुर भुजेल, प्रेम पुन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

भेला निर्वतमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्त बहादुर बलामीको अध्यक्षता, प्रधानाध्यापक जंग बहादुर बलामीको स्वागत मन्तव्य तथा रेशम पुनको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend