साझा नेटवर्क
k|ltlglw ;ef cGtu{t cGt/f{li6«o ;DaGw ;ldltsf] a}7s l;+xb/af/df a:b} . t:jL/ M /f]zg ;fksf]6f,/f;;
बैशाख २८, २०७७ आइतबार
काठमाण्डौ – भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ ।
परराष्ट्र मन्त्री ज्ञवालीले बैठकमा उठेका विषयमा जवाफ दिए पनि कुनै निर्णय नगरl आउँदो बैठक अनिश्चित भएपछि सांसदहरुले बैठकको मिति तोक्नुपर्ने भन्दै अडान लिएका थिए । सांसद भीम रावलले देशको स्वाधिनतामाथि हस्तक्षेप भए पनि समितिले बैठकको मिति तय गर्न नसक्नु दुःखद भएको बताउनुभयो ।
बैठक सकिएपछि समिति सभापति पवित्रा निरौला खरेलले ‘सकभर भोलि ११ बजे बैठक बस्ने सोच हो । तर अहिले यो विषयमा टुङ्गो दिन सक्दिन’ भन्ने जवाफ आएसँगै बैठकमा विवाद सुरु भएको हो । सांसद भीम रावलले ‘संसद्को कुरा गर्नुभयो, संसद् के का लागि’ भन्दै प्रश्न गर्नुभयो ?
उहाँले भन्नुभयो, ‘देशको सार्वभौम सत्तामाथि नाङ्गाे हस्तक्षेप भएको छ । अनि समय के का लागि हो ? सरकार के का लागि हो ? देशको सार्वभौम सत्ताको रक्षाभन्दा ठूलो कुरा के हो ? मलाई सुनाउनुहोस् । बैठकको समय तय हुनुपर्छ र त्यो बैठकमा कुरा राख्न पाउनुपर्छ ।’ चर्काचर्किपछि मन्त्री ज्ञवालीले संसद्का सबै समिति बराबर भएकाले सबैलाई समय दिनुपर्ने बाध्यताका कारण अहिले नै भन्न नसकिने बताउनुभएको थियो ।
विदेशमा अलपत्र परेका नेपाली नागरिकलगायतका विषयमा अन्य समितिहरुले पनि समय लिएका कारण समय तालमेल गरेर सभापतिलाई जानकारी गराउने बताउनुभएको थियो ।
आइतबारको समिति बैठकमा मन्त्री ज्ञवालीले सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेको बताउनुभयो । केही प्राविधिक कुराहरु मिलाउन बाँकी रहेकाले नक्सा अहिलेसम्म सार्वजनिक नभएको उहाँले बताउनुभयो ।
मन्त्री ज्ञवालीले नक्सा सार्वजनिक नभएकै कारण लिपुलेक क्षेत्रको १८/१९ किलोमिटर भूमि मिचिएको हो भनेर नसोच्न पनि आग्रह गर्नुभयो ।
सभापति निरौलाले परराष्ट्र मन्त्रीले अन्य बैठकमा पनि समय दिएका कारण समय तत्काल तोक्न नसकिएको भन्दै जुनसुकै अवस्थामा पनि भोलि बिहान साढे ८ बजे बैठक बस्ने बताउनुभयो । कुटनीतिक र वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुको विकल्प नभएको पनि उहाँले बताउनुभयो ।
(स्राेतः उज्यालाे अनलाइन)
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend