logo
  • मंगलबार, असोज १३ २०८३

मालिका गाउँपालिकाले साढे २७ सय बिपन्नलाई काम दिने


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी बैशाख २७ ।

मालिका गाउँपालिका ६ अर्जेका थम्मन बस्नेत बिहान १० बज्ने बित्तिकै काममा निस्कन्छन् । दिनभर वडाले लगाएको काम गरेर घर फर्कन्छन् । बस्नेतको समुहमा १० जना छन् । उनीहरुले दैनिक मुख्य सडकको नाली बनाउने, पोखरी सफा गर्ने, घाडेटो बाटो बनाउने लगायतका काम गरिरहेका छन् । मालिका गाउँपालिकाले अहिले विपन्नलाई राहतको सट्टा काम दिएको छ । बस्नेतले ज्याला मजदुरी गरेर सात जनाको परिवार पालेका छन् । लकडाउनले गाउँमा काम गर्ने सवै विकल्प रोकिए । जसले बिहान–बेलुकाको गुजारा चलाउनै मुस्किल प¥यो । गाउँपालिकाले वितरण गरेको ३० किलो चामल र तीन किलो दाल महिनौ चल्ने कुरै भएन् । ‘काम गर्ने मान्छेले काम पाएपछि पैसा वा खाद्यान्य जे दिए पनि गुजरामा समस्या भएन,’बस्नेतले भने,‘बरु गाउँपालिकाले सधै काम दिए हुन्थ्यो ।’मालिका गाउँपालिकाका ८ वटै वडामा गरेर दुई हजार सात सय ३५ जनाले काम पाएका छन् । वडा नं ६ अर्जेमा मात्रै दुई सय १० जनाले विभिन्न काम गर्दै आएका छन् । सवै जनालाई १०÷१० जनाको समुह–मा परिचालन परिचालन गरेर काम भइरहेको र सर्वदलिय संयन्त्र मार्फत कामको मुल्यांकन भएको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । मालिका गाउँपालिकाले पहिलो चरणमा राहत वितरण गरेका अति विपन्न छ सय ९० र बिपन्न दुई हजार ४५ गरेर दुई हजार सात सय ३५ परिवारलाई ‘एक घर एक काम’ को व्यावस्था गरिएको गिरीले बताए ।

गाउँपालिकाले एक परिवारले तीन दिन काम गर्नुपर्ने मापदण्ड बनाएको छ । काम गरे बापत ३० किलो चामल, तीन किलो दाल, एक लिटर तेल र एक किलो नुन प्रदान गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमकै मापदण्ड अनुसारको पारिश्रमीकले तीन दिन काम गरे गाउँपालिकाले वितरण गर्ने खाद्यान्नको लागत बराबर हुन आउँछ । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले कामनै गर्नुपर्ने भएपछि गैर बिपन्नहरुले राहतको आशा नगर्ने र पैसा सट्टा खाद्यान्न दिएपछि परिवारमा सवैले खान पाउने भएकाले काम बापत खाद्यान्न उपलब्ध गराउने निर्णय भएको बताए ।गाउँपालिका प्रमुख रित बहादुर थापाले राहतको बिषयमा गैर बिपन्नले जनप्रतिनिधीलाई अनेक दबाद दिएकाले अहिले काम गरेपछि मात्रै राहत दिने निर्णय गर्न बाध्य भएको बताए । ‘राहत नपाएपछि कैयन गैर बिपन्नले जनप्रतिनिधीसंग झगडा गरे, घरमै बसेर पाइने भएकाले स्वभाविक धेरैमा आशा बढ्यो,’उनले भने,‘यो निर्णयले ठगेर राहत माग्नेहरु पछि हटेका छन्, वास्तविक विपन्न काममा छन् ।’ लकडाउन बढ्दै जाँदा विपन्नहरुको रोजिरोटी पनि संकट देखिने र राहत वितरण गरिरहँदा गाउँपालिकालाई पनि आर्थिक व्यावस्थापनको चुनौति रहेको गाउँपालिका प्रमुख थापाले बताए । उनले अब काम दिने भएकाले वडा–वडाका सडक, पोखरी, तथा घोडेटा बाटाहरु मर्मत पनि हुने र बिपन्नहरुको गुजरा पनि चल्ने बताए । जेष्ठ नागरिक र अपांगहरुको हकमा भने काम गर्नुपर्ने बाध्यता छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend