साझा नेटवर्क
अनिल खत्री, गुल्मी वैशाख २६ ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गले दोस्रो चरणको राहत तथा खाद्यान्न सामाग्री वितरण कार्य संचालन गरेको छ । विश्व ब्यापी रुपमा फैलिएको कोभिड १९ तथा कोरोना भाइरसले भयाबह रुप लिईरहेको अबस्थामा समस्यामा परेकालाई आवस्यक खाद्य सामाग्री वितरणको दोश्रो चरण सुरु गरेको हो ।

नेपाल सरकारले पनि यस रोगबाट बच्नको लागि लकडाउन लम्ब्याई रहदा ज्याला मजदुरी गरि जिबिको पार्जन गर्ने परिवारलाई बिहान बेलुका छाक टार्न समेत मुस्किल परेको अबस्थालाई मध्येनजर गर्दै मदाने गाउँ पालिका वडा न १ अग्लुङ्गले दोस्रो चरणको राहत तथा खाद्यान्न सामाग्री वितरण सन्चालन कार्य ल्याएको हो ।
पहिलो चरणको राहत तथा खाद्यान्न सामाग्री वितरण कार्य यस अघि नै सम्पन्न भैसकेको र पुनः शुक्रबारबाट दोस्रो चरणको राहत वितरण कार्य सन्चालन गरिएको हो । मदाने गाउपलिका वडा न ०१ अग्लुङ्गले गरिब तथा अति विपन्न १२६ घर धुरिलाई शुक्रबार राहत वितरण गरेको छ ।
सोहि क्रममा सनिबार ५४ घर धुरीलाई राहत वितरण गरिने योजना रहेको र कोहि त्यस्तो विपन्न परिवार छुटेको भए थप गर्न सकिने वडा अध्यक्ष प्रेम चन्द बोहोराले साझा नेटवर्कलाई जानकारी दिनुभयो ।
शुक्रबार राहत वितरण कार्यमा सामाजिक दुरि कायम गरिएको थियो । घरमा ३ जनासम्म भएको परिवारलाई १५ किलो चामल, दाल, नुन, तेल, साबुन र ३ जना भन्दा बढी सदस्य भएको परिवारलाई ३० किलो चामल सङ्गै अत्यावश्यक सामाग्री विरतण गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend