साझा नेटवर्क
एजेन्सी, वैशाख २६ ।
एजेन्सी–भारत महाराष्ट्रको औरंगाबादमा रेलले कुल्चँदा १६ मजदूरको मृत्यु भएको छ । आज बिहान साढे ६ बजे औरंगाबादको जालना रेल्वे लाइन नजिकै यो दुर्घटना भएको हो । दुर्घटनामा अन्य कैयौं मजदुर घाइते भएका छन् ।

घर जान पैदलै हिँडेका मजदुर रेल्वे ट्र्याकमा आराम गरिरहेका बेला आएको रेलले कुल्चिएको हो । सबै मजदुर मध्यप्रदेशका थिए । मुख्यमन्त्री शिवराजसिंह चौहानले मृतक मजदुरका परिवारलाई ५–५ लाख राहत दिने घोषणा गरेका छन् भने केन्द्रीय रेलमन्त्रीले घटनाको अनुसन्धानका लागि निर्देशन दिएका छन्।
उक्त मालवाहक रेलको केही खाली डब्बा मजदुरमाथि कुदेको हो । दुर्घटनालगत्तै रेल्वे पुलिस फोर्स तथा स्थानीय प्रहरी घटनास्थल पुगेका थिए। भारतीय रेल्वेले वक्तव्य जारी गर्दै औरंगाबादतर्फबाट पैदलै आएका मजदुर रेल्वे ट्र्याकमा आराम गर्न बसिरहेका बेला रेलले कुल्चिएको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् घटनाप्रति दुःख व्यक्त गर्दै यसबारेमा रेलमन्त्री पियुष गोयलसँग कुरा गरेको बताएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend