logo
  • मंगलबार, असोज १३ २०८३

कपिलवस्तुमा २ जनामा काेराेना संक्रमण भएको पुष्टि


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कपिलवस्तु, बैसाख २५ ।
कपिलवस्तुमा बुधबार दुईजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारिका अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर ८ का दुईजना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

१६ र २२ बर्ष उमेरका उनिहरु मायादेवी गाउँपालिका स्थित छत्रपाली मावीमा रहेको क्वारेन्टाइनमा बस्दै आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

उनीहरुको ट्राभल हिस्ट्री बारे बुझ्ने प्रयास भईरहेको र बुटवल स्थित कोरोना आईसोलेसन अस्पतालमा पठाउने तयारी भईरहेको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend