logo
  • मंगलबार, असोज १३ २०८३

मदाने गाउँपालिका –६ पूर्कोटदहका युवा बहराईनमा मृत अवस्थामा भेटिए


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी बैशाख २५ ।

गुल्मीको मदाने गाँउपालिका वडा नं. ६ पूर्कोटदहका मिन बहादुर के.सी. बहराईनमा मृत अवस्थामा फेला परेका छन् । वैदेशिक रोजगारीको शिलशिलामा विगत दुई वर्ष देखि बहराईन पुगेका के सी को रहस्यमय तरिकाले मृत्यु भएको हो । उनले विदेशमा मजदूरी गरिरहेको करार समय अवधि केहि महिना अगाडी नै सकिएको र घर फर्कने तयारीमा लागी, हवाई टिकट लिने समेत तयारी गरेका थिए । तर विश्व नै कोरानाको कारणले गर्दा हवाई उडान बन्द भएको कारणले गर्दा मृतक के.सी. नेपाल आउन सकेका थिएनन् । यहि समय मै उनको रहस्यमय तरिकाले मृत्यु भएको छ ।

घटना के कति कारणले भयो भन्ने कुरा नै बाहिर आउन सकेको छैन् । उनि संगै कोठामा बस्ने साथिहरुले समय,समयमा बोली चेन्ज गरिरहेको अवस्थाले गर्दा झनै घटना रहस्यमय बन्दै गएको छ । उक्त घटना हुनुको अघिल्लो दिन दिउँसो ४ बजे मृतक के.सी. कोठाबाट निस्किएको तर के.सी. संगै बस्ने साथीहरुले अर्को दिन मात्र मृत अवस्थामा शव फेला पारेका थिए । मृतक के.सी. उहाँको खोजी किन भएन भन्ने प्रश्न उठिरहेको देखिन्छ । यदि उहाँको मृत्यु नै भएको भए कम्पनीले किन सम्बन्धित निकायलाई कुनै सूचना नगरि कोठाका अपरिचित साथिहरुलाई म्यासेज गरेको भन्ने प्रश्न खडा गर्न सकिन्छ । संगै कोठामा बस्ने साथिहरुले पनि कुनै सामाजिक सञ्जाल तथा मिडिया क्षेत्रमा किन जानकारी नै दिन चाहेका छैनन, भन्ने अनुमान गर्न सकिन्छ । मृतक के.सी. ले घर फर्कने भनि किनिएका केहि सामान र मोबाईल समेत अहिले सम्म यथाशिघ्र अवस्था मै राखेको तर घर परिवार तथा दुतावाश लाई समेत जानकारी गराउन कुनै चासो देखाएको देखिदैन ।

त्यसै कारणले गर्दा पनि मृतक मिन के.सी. को घर परिवारले घटना के कारणले भयो छिट्टै सत्य तथ्य बाहिर आओस् र दोषीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्बाहीको माग समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend