साझा नेटवर्क
साझा नेटवर्क,प्यूठान बैशाख २४ ।
प्यूठानमा कोरोना संक्रमण भए नभएको जाँच गर्ने ¥यापिड डाइग्नोष्टिक टेष्ट(आरडीटी) किट सकिएको छ । प्रदेश सरकारले पठाएको किट सकिएपछि द्रुत जाँच गर्ने काम रोकिएको हो । किट अभाव भएपछि क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य जाँच नगरी होम क्वारेन्टाइनमा पठाउन थालिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा क्वारेन्टाइनमा बसेका व्यक्तिको १४ दिनमा आरडीटी जाँच गरि होम क्वारेन्टाइनमा पठाउने गरिएको थियो । तर अहिले जाँच गर्ने किट नभएपछि क्वारेन्टाइनमा १४ दिन पुगेका व्यक्तिको विना जाँच घर पठाउन थालिएको हो । स्वर्गद्धारी नगरपालिका, गौमुखी गाउँपालिका, मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाले क्वारेन्टाइनमा बसेकालाई विना जाँच घर पठाएका छन् । उनीहरुको सामान्य जाँच गरि आरडीटी विनै होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको हो । कतिपय स्थानीय तहले १४ दिन, १५ दिन, १६ दिन पुगेका व्यक्तिलाई क्वारेन्टाइनमै राखेका छन् ।
जिल्लामा तीन सय २० वटा किट प्राप्त भएकोमा सवै किट प्रयोग भइसकेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो । हामीलाई प्राप्त सवै किट प्रयोग भइसकेका छन्, उहाँले भन्नुभयो, किट अभावले गर्दा क्वारेन्टाइनमा बसेका व्यक्तिको जाँच हुन सकेको छैन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend