logo
  • मंगलबार, असोज १३ २०८३

दोश्रो चरणको राहत वितरण कार्यक्रम रेसुङ्गा नगरपालिका वडा नं.१० मा सम्पन्न


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी बैशाख २४ ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं.१० सिमिचौरले दोश्रो चरणको राहत तथा खाद्यान्न सामाग्री वितरण गरेको छ ।विश्वव्यापी रुपमा फैलिएको(कोभिड १९)तथा कोरोना भाईरसले भयावह रुप लिईरहेको अवस्थामा नेपाल सरकारले पनि यस रोगबाट जोगिनका लागि लकडाउन लम्ब्याई रहँदा ज्याला मजदूरी गरि जिविको पार्जन गर्ने परिवारलाई विहान बेलुका छाक टार्न समेत मुस्किल परेको बेला ज्याला मजदूरी गरि खाने परिवारको अवस्थालाई हेरी रेसुङ्गा नगरपालिका वडा नं. १० सिमिचौरले दोश्रो चरणको राहत खाद्यान्न सामाग्री वितरण गरेको हो । पहिलो चरणको राहत वितरण कार्य यस अघि नै सम्पन्न भईसकेको र बुधवार पुन दोश्रो चरणको राहत वितरण कार्य सम्पन्न गरेको छ । रेसुङ्गा नगरपालिका वडा नं. १० सिमीचौरले गरिब तथा अति विपन्न २६४ घर परिवारलाई राहत वितरण गरिएको हो ।

उक्त राहत वितरण कार्यक्रममा सामाजिक दुरी कायम समेत गरिएको थियो, परिवारका सदस्यहरुलाई मध्येनजर गर्दै घरमा एक जना सदस्य भएको परिवार बराबर १० केजी चामल १ केजी दाल १ पोका नुन र आधा लिटर तेल र ५ जना भन्दा बढि सदस्यहरु भएको घरपरिवारलाई २५ केजी चामल, संगै अत्ति आवश्यक सामग्री वितरण गरिएको रेसुङ्गा नगरपालिका वडा नं.१० का वडा अध्यक्ष पदम प्रसाद अर्यालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend