logo
  • मंगलबार, असोज १३ २०८३

क्वारेन्टाइनमा बसेका मजदुर डोको,नाम्लो बुन्दै समय र सिप सदुपयोग गर्दै


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

जोगिन्द्र मल्ल,प्यूठान बैशाख २४ ।

बिहान बेलुकी छाक टार्न अर्काको निमेक,ज्याला,मजदुरि नगरी जिबन जिउन कठिन छ, त्यहि पनि भनेको बेलामा काम पाइदैन । कामको खोजीमा मजदुरी गर्न पोखरा पुगेको दुई दिन नबित्दै नेपालमा लकडाउन सुरु भयो । ज्याला मजदुरी गरि परिवार पाल्ने लक्ष्य लिएर मुग्लान गएका श्रीमानले घर परिवारको पालन पोषण गरि जिबन यापन गर्न पैसा कमाएर ल्याउलान भन्ने आश निरासामा परिवर्तन भयो । गाउँमा रोजगारी नभए पछि परिवारको पालन पोषण र जिबन यापन गर्न गौमुखी गाउँपालिका अर्खा १ का श्यामलाल निशेल चैत्र ९ गते पोखरा पुगेका थिए ।

केहि दिन लकडाउनमा पर्दा मिस्त्री काम नपाएको र दैनिक गुजाराको लागि राहत नपाएकोले हिड्दै स्याङ्जा आएको र गौमुखी गाउँपालिकाले उद्दार गरि ९ जनालाई क्वारेन्टाइनमा राखेको निशेलको गुनासो गरे । उमेरले ४८ बर्ष पुगेका श्यामलाल निशेल अर्खा मा बि अर्खा क्वारेन्टाइनमा बसि समयलाई सदुपयोग गर्न डाेको नाम्लो बुनेको र घरायसी काममा प्रयोग हुने भएकोले समयलाई खेर नफाल्ने तथा ५ सय रुपैयामा बिक्री गर्न सकिने बताए ।पाँच छोरा दुई छोरी र श्रीमती सहित आठ जना परिवार पाल्ने उनको जिम्मेवारी रहेको बताए। क्वारेन्टाइनमा दिन रात बसेर के गर्नु समयलाई सदुपयोग गर्न मेहनत र परिश्रम गर्नु पर्ने र आफ्नै गाउँमा मिस्त्री गरेर सीप र पसिना बगाउनु परेको निशेलले बताए ।क्वारेन्टाइन बाट घर फर्किए पछि खेतीपाती गर्ने समय भएकोले कृषि पेशा अगाल्ने उनको सोच रहेको छ । त्यस्तै क्वारेन्टाइनमा बसेका ५७ वर्षिय हरिलाल सुनारले पनि डाेको नाम्लो बुन्ने गरेका छन ।उनि भन्छ्न केटाहरु क्वारेन्टाइनमा मज्जाले सुतेका छन । मलाई भने घर परिवारको पिरलो छ। यति लामो समयसम्म लकडाउन भए पछी परिवार कसरी पाल्ने खेती किसानी गरेपनी मौसमका कारण कहिले असिना कहिले खडेरिले उत्पादन राम्रो नहुने हुनाले तिन महीना पनि खान नपुग्ने भएकोले बाकी नौ महिना अर्काको ज्याला मजदुरी गर्ने बताए । उनि त एउटा प्रतिनिधि पात्र हुन उनि जस्ता कयौंको समस्या जिउको तिउ छ्न ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend