logo
  • मंगलबार, असोज १३ २०८३

विमन केयरद्वारा युनियनमा आवद्ध पत्रकारलाई मास्क र सेनिटाईजर प्रदान


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

बुटवल, बैशाख २३।
विमन केयर एण्ड लिडरसिप डेभलपमेण्ट सोसाईटी रुपन्देहीले नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई मास्क र सेनिटाईजर प्रदान गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीको समन्वयमा जिल्लाका ५० जना पत्रकारलाई मास्क र सेनिटाईजर प्रदान गरिएको सोसाईटी रुपन्देहीकी अध्यक्ष रीता केसीले बताउनु भयो ।

कोरोनाको तरासका बीचमा पनि नागरिकलाई सुचना प्रवाहगर्न र जनतालाई सुसुचित गर्ने काममा खटिने पत्रकारलाई सुरक्षामा केही भएपनि सहयोग पुराउने मनसायले मास्क र सेनिटाईजर प्रदान गरिएको अध्यक्ष केसीले बताउनु भयो । सामाजिक उत्तरदाईत्व बहन गदै समाचार संलनका लागि फिल्डमा खटिने युनियनका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

प्रेस युनियनरुपन्देहीले यस अघि युनियनमा आवद्ध पत्रकारलाई मास्क, स्यानिटाईजर र पंन्जा प्रदान गरेको थियो । फिल्डमा खटिने युनियनमा आवद्ध पत्रकारलाई वितरण गरिएकोमा आगामी दिनमा पनि यस्तो कायलाई निरन्त्रता प्रदान गरिने सभापति रेखा भुसालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend