logo
  • मंगलबार, असोज १३ २०८३

बाबुको पुण्यतिथिमा पाण्डे परिवारद्वारा स्वास्थ्य सामाग्री प्रदान


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची वैशाख २१।
कोरोना भाईरस (Covid-19) को महामारीको विषम परिस्थितिमा छत्रदेव गाउँपालिका वार्ड नं ७ माझकोट हटियाका फर्शुराम पाण्डे र ढुण्डीराज पाण्डेले आफ्ना स्वर्गीय बाबुको एकातिस्ट श्राद्धको पुण्यतिथिको अवसर पारेर छत्रदेव गाउपालिकालाई कोरोना भाइरस (कोभिड़ १९) को संक्रमण रोकथामको लागि बिभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

छत्रदेव स्थायी ठेगाना भइ बिगत लामो समयदेखि गुल्मिको तम्घासमा आकाश मेडिको फर्मा संचालन गर्दै सफल ब्याबसायिको रुपमा चिनिदै आएका फर्शुराम पाण्डे र काठामाडौंमा होटल ब्याबसाय गर्ने उहाका भाइले गाउँपालिकाको कार्यलयमा उपस्थित भइ छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, पालिकाका स्वास्थ्य शाखाका प्रमुख लागायेतको रोहोबरमा आज दिउसो एक बिशेष कार्यक्रमका बीच १२०० थान मास्क १००० थान ग्लब्स सेनीटाइजर ५०० एम एलको ६ बोत्तल लगायतका स्वास्थ्य सामाग्री पालिकालाई हस्तान्तरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानाकारी दिनुभयो ।

भुसालका अनुसार उपलब्ध भएका स्वास्थ्य सामाग्रीहरु पालिका भित्रका सबै स्वास्थ्य सस्थाहरु र भाइरस सङ्क्रमणको उच्च जोखिम रहने संघसस्थाहरुमा वितरण गरिने बताउनु भयो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गुल्मीमा औषधि ब्याबसाय संचालन गरि आफ्नो आफ्नो जन्मथलो छत्रदेव गाउँपालिकालाई माया गरि कोरोना भाईरस (Covid-19)को महामारीबाट बिस्व नै आक्रान्त र त्रसित बनिरहेको दुखद परिस्थिमा स्वास्थ्य सामाग्री सहयोग गर्ने सहयोगी आकाश मेडिको फर्माका संचालक पाण्डेलाई सिंगो छत्रदेव गाउँपालिकाको तर्फबाट पालिकाका अधक्ष्य लेखनाथ पोख्रेलले सफल ब्याबसाय प्रगतिको शुभकामना दिदै आभार प्रकट गर्नुभएको थियो।

गुल्मीका औषधि ब्याबसायी, सहयोगदाता फर्सुराम पाण्डेले विपदको परिस्थितिमा बुबाको बार्षिकी श्राद्ध पुन्यतिथिको अवसर पारि यसरि थोरै भयपनी आफ्नो गाउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न पाउदा आफुलाई निकै खुशी लागेको र सहयोग गर्ने अबसर प्रदान गर्ने सिङ्गो गाउपालिकाको टिमप्रति आभार प्रकट गर्नुभयो।

ब्याबसायी पाण्डे बिगत लामो समयदेखि गुल्मीको तम्घासमा सफल औषधि ब्याबसायिको रुपमा परिचित हुदै सामाजिक सेवामा समेत अग्रसर हुनुहुन्छ । उहा गुल्मी औषधि ब्याबसायी संघको उपाध्यक्ष समेत हुनुहुन्छ । कार्यक्रममा सहयोगीदाता फर्शुराम र उहाका भाइ ढुण्डीराज पाण्डेलाई पालिकाका अध्यक्ष ,उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले अबिर र खादा ओडाएर सम्मान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend