साझा नेटवर्क
काठमाण्डौ ।
साउदीको जेद्दा क्षेत्रमा ३६ जना नेपाली श्रमिकमा कोरानो सङ्क्रम देखिएको छ । जसमध्ये दुई जना निको भएको र बाँकी ३४ जनाको उपचार भइरहेको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्य दूत रेवती पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये ३४ जना पुरुष र २ जना महिला रहेका छन् ।
१५ जनाको अस्पतालमा उपचारपछि अहिले होटल र मदरसामा राखिएको छ । उनीहरुलाई अस्पतालको सेवा नचाहिने तर पूर्ण रुपमा निको नभइसकेकाले आइसोलेशनमा राखिएको महावाणिज्य दूत पौडेलले बताउनुभयो ।
९ दिन अस्पताल बसेपछि दुई महिलामध्ये एक जना पनि निको हुने क्रममा हुनुहुन्छ । अहिले १९ जनाको भने अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा उपचारतमध्ये एक जनाको आईसीयूमा र बाँकी १८ जनाको अवस्था सामान्य छ । सङ्क्रमित सबैजसोसँग नियमित आफूले फोनमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको र सबैको अवस्था सामान्य नै रहेको महावाणिज्य दूत पौडेलले बताउनुभयो ।
उहाँका अनुसार, उपचारत सबै नेपालीलाई खान, बस्न र अन्य आवश्यक सुविधामा साउदी सरकारले आफ्ना नागरिक र विदेशी भने विभेद गरेको छैन । निको हुने चरणमा रहेकालाई पनि खाना, फलफूलदेखि तातोपानी लगायत सबै व्यवस्था साउदीले नै गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend