logo
  • शनिबार, साउन ९ २०८३

कोरियाको धर्तिमा रोमल्लिएका नेपाली स्रस्टा


  • रजिस्मा केसी
  • शनिबार, साउन ९ २०८३

ma timro saharरजिस्मा केसी, नयाँ दिल्ली भारत।
“मान्छे लाई परिस्थितिले जे पनि बनाउछ र जता पनि लैजान्छ ” कोरियामा कार्यरत पत्रकार तथा गजलकार टिका सुबेदीले पोखेको दुखेसो हो यो । राम्रो काम र दामको लालसामा दक्षिण कोरिया भाषिएका नेपाली सपनाहरुले केबल दाम कमाए परिवारको लागि तर मनका रहर र मनका सपनाहरु मनमै मारे त्यो पनि परिवार र समाजकै लागि ।

समाजले ५०० रुपैया गोजीमा राखेर भारतका महानग हरुमा नियात्राका पाईला चाल्न बाध्य बनाएका क्षणहरु पनि सुनाउछन नेपाली नागरिकहरु ५०० को प्रसंग भारतको हो तर दक्षिण कोरियामा भाषिने नेपालीहरुको सपना भने “आधा सन्चो र आधा बिसन्चो “को रहेको छ । घरपरिवार, माया प्रेम र लाग्दो बैस अनि जाग्दो रहर रहरमै सिमित छन कोरियामा ।

एसैको जिउदो जाग्दो र रहर लाग्दो अबस्थामा प्रदेशमा चलाएमान र गुन्गुजाएमान छन पुर्बि नेपालका राजु नेपाल। ताप्लेजुड्गका राजु नेपाललाई परिस्थितिले झापामा पुर्यायो तर परिवार को रहरको लागि आफ्नो रहर रहरमै मारे। आफ्नो चलाएमान गला र गलाबाट निस्किएको “गड गिफ्ट “कलालाई उनले प्रवासबाट युट्युब मार्फत सार्वजनिक गरेका छन।

“म तिम्रो शहर छोडी टाढा जांदैछु ” बोलको प्रदिप राज पाण्डेको स्वर रहेको गितबाट । गाएक प्रदिप ले यो गितबाट के पाए र के गुमाए यो समयले नै बताएको थियो ठिक त्यसै नै नबोदित कलाकार राजु नेपालले गाएको युटुयुबे गितलाई पनि समयले मूल्यांकन गर्ने छ ।

 नेपाली संगीत ईण्डस्ट्रीमा जम्ने रहर सहित कोरिया पुगेका राजु नेपाल लाई “मायाको शहर छोडी जान बाध्य दाम र मामले बनाएपनि उनको साड्गितिक यात्रा उज्ज्वल छ । नबोदित गायक नेपालले नेपालमा छोडेर गएका साड्गितिक कोसेलीका पोका खोल्न नेपाली साड्गितिक पारखी प्रतिक्षामा छन ।


हेरौ यो भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend