logo
  • मंगलबार, असोज १३ २०८३

निर्माण व्यवसायीद्धारा क्वारेन्टाइनमा बसेका १ सय ८० जनालाई एकछाक भात र मासु प्रायोजन


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

रमेश गिरि,प्यूठान वैशाख १९ ।

निर्माण व्यवसायीद्धारा प्युठान नगरपालिकामा १ सय ८० जना क्वारेन्टाइनमा बसेका ब्यक्तिलाई एक छाक मासु र भातकाे प्रायाेजन गरेका छन ।ने.क.पा. सम्बद्ध भातृ संगठन नेपाल निर्माण व्यवसायी संगठनले प्युठान नगरपालिका भित्र रहेका १ सय ८० जना व्यक्तिलाई मासु र भात खुवाउन लागेकाे हाे । प्युठान नगरपालिकाका १० वटै वडाका विभिन्न १३ वटा स्थानमा क्वारेन्टाइनमा राखिएकाे छ । निर्माण व्यवसायीहरूले काेराेना संक्रमणका कारण दैनिक गुजारा चलाउन नसक्ने मजदुरहरूलाई राहत उपलब्ध गराउने काममा पनि यस अघि नगरपालिकालाई व्यक्तिगत रूपमा सहयाेग उपलब्ध गराएका थिए ।

क्वारेन्टाइनमा बसेका सबै व्यक्तिहरूलाई झण्डै ४० हजार बरावरकाे लागतमा अाज एक छाक मासु र भात खुवाउन लागेकाे कुरा संगठनका जिल्ला अध्यक्ष दिपेन्द्र केसीले बताउनु भयाे । यस अघि बैशाक १६ गते काठमाडौंबाट अाएका ९५ जना व्यक्तिलाई सत्यसाई केन्द्रले खाना खुवाएकाे थियाे भने अाज निर्माण व्यवसायीहरूले सबै क्वारेन्टाइनमा मासु र भात खुवाउन लागेका हुन ।प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले काेराेना संक्रमणका कारण ज्याला मजदुरी गुमाएका अति विपन्न मजदुरकाे लागि राहात सामग्री उपलब्ध गराउन सहयाेग गर्नुहुने सहयाेगीदाता र क्वारेन्टाइनमा बस्नु भएका नगरबासीहरूलाई खाना खुवाउन सहयाेग गर्नुहुने सत्यशाही केन्द्र परिवार तथा निर्माण व्यवसायी संगठन प्युठानले १ छाक खाना खुवाउन सहयाेग गरेकाेमा नगरपालिका परिवार अाभार प्रकट गरेकाे जानकारी गराउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend