साझा नेटवर्क
सिर्जना आचार्य,कपिलवस्तु ।
लोकप्रिय गायक तथा एरेन्जर रामचन्द्र चन्दको नयाँ गित “गाउँ तिरै फर्किन्छु” सार्वजनिक भएको छ । कोरोना भाईरसले आक्रान्त विश्व मानव जगत कहाँ जाउँ र के गरौंको स्थिती भैरहेको बेला सहरमा बस्नेहरुलाई साँचीकै गाउँ सम्झाउने गित बजारमा आएको हो । अहिलेको परिवेशसँग मेल खाने गरि गितमा हुम गैरेले शब्द लेखेका छन् ।
सार्वजनिक भएको केही समयमानै गित टिकटकमा समेत भाईरल भैरहेको छ । याथार्त र समय सान्दर्भिक कहानी समेटिएको गितले गाउँ छोडेर सहर पसेकोहरुलाई समेत एकपटक सोच्न बाध्य बनाएको छ । गितमा स्वयं गायक रामचन्द्र चन्दको आवाज तथा अभिनय रहेको छ भने निर्देशन हुम गैरे र बसन्त महर्जनको छायांकन रहेको छ ।
भए जस्तै चल्लालाई माउ प्यारो…
रैछ आखिर जन्मेको ठाउँ प्यारो..
भक्कानिदै सम्झेर धर्किन्छु ।
यो बिरानो सहरलाई छोडेर अब म गाउँतिरै फर्किन्छु ।
गीतको म्युजिक भिडियो-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend