logo
  • मंगलबार, असोज १३ २०८३

खेलमैदान निर्माण गर्न उपभोक्ता समिति गठन


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल,बागलुङ बैशाख १७ ।

बन्दावन्दिले विकास निर्माणका कार्यहरु समेत ठप्प भएको बेला बडिगाड गाउँपालिका वडा नं. २ मा विकास निर्माण कार्य सुरु गरिएको छ । यसै सन्दर्भमा संघिय संसद विकास कोष अन्तरगत विनियोजित १० लाख बरावरको खेल मैदान निर्माणको उपभोक्ता समिति गठन गर्न स्थानियको भेला दनियामा सम्पन्न भएको छ । फोटोः भेलामा जम्मा भएका स्थानिय

वडा अध्यक्ष ढाल प्रसाद शेरचन, वडा सदस्य सुर्य बहादुर अधिकारी, गोम बहादुर रानाको सहभागिता रहेको भेलाले प्रताप घिमिरेको अध्यक्षतामा ९ सदस्यिय खेलमैदान निर्माण उपभोक्ता समितिको गठन गरिएको छ । जसको सचिवमा सुनिल बहादुर राना, कोषाध्यक्षमा सरस्वती राना लगाएत रहनुभएको छ। त्यस्तै भेलाले वडा सदस्य गोम बहादुर रानाको संयोजकत्वमा डिल बहादुर राना र कर्ण बहादुर राना सदस्य रहेको अनुगमन समितिको गठन गरेको छ ।

सो समितिले खेल मैदान निर्माणको लागि निशुल्क जग्गा व्यवस्थापन गरि सो विनियोजित रकमले खेलमैदान निर्माण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend