साझा नेटवर्क
कमल पौडेल,बागलुङ बैशाख १७ ।
होटल व्यवसायी संघ खर्वाङले आफ्नो मातहतका ३० जना सदस्यहरुलाई राहत वितरण गरेको छ । राहतमा प्रति परिवार १ कट्टा चामल, ४ लिटर तेल वितरण गरिएको कोषाध्यक्ष लाल बहादुर केसिले जानकारी दिनुभएको छ ।
संस्थाले ७० हजार रकमबाट सो राहत वितरण गरेको संस्थाका अध्यक्ष धन बहादुर बुढाले बताउनु भएको छ । खर्वाङमा विभिन्न समयमा सामाजिक काम समेत गर्दै आएको होटल व्यवसायीहरुको संस्थाले सडकमा हिँड्ने मजदुरहरुलाई समेत खानको व्यवस्था गर्ने तयारी समेत गरेकोे व्यवसायी समितिका सल्लाहकार रहनुभएका सुनिल शेरचनले जानकारी दिनुभएको छ । लकडाउनका कारण साना होटल व्यवसायी समस्यामा परेको भन्दै संघले घरघरमै पुगेर राहत वितरण गरेको हो ।
सो राहत वितरणमा सल्लाहकार शुनिल शेरचन, अध्यक्ष धन बहादुर वुढा, सचिव दिलिप पुन, कोषाध्यक्ष लाल बहादुर केसि लगाएतको सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend