logo
  • मंगलबार, असोज १३ २०८३

पार्टी केन्द्रीय नेतृत्वलाई (नेकपा) गुल्मीको ध्यानाकर्षण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी बैशाख १७ ।

पार्टीको केन्द्रीय नेतृत्व तहमा असझमदारि देखिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमीटी गुल्मीले एक अपिल बक्तव्य सार्बजनिक गरेको छ । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक जीवनसँग जोडिएर केन्दीय नेतृत्व तहमा देखिएको असमझदारीपूर्ण बहस, छलफल र बिवादका सम्बन्धमा नेकपा जिल्ला कमीटी गुल्मी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो पार्टीका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त र सचिव बिरबहादुर कार्की द्धारा हस्ताक्षरित ध्यानाकर्षण अपिलमा सार्बजनिक रुपमा हुने यस किसिमको बिवादले आम पार्टी कार्यकर्ता, कम्युनिष्ट आन्दोलन, पार्टी एकता र स्थायी सरकारप्रतिको जनमत प्रतिकूल हुने प्रति ध्यानाकषर्ण गराएको हो ।

यस किसिमका क्रियाकलापलाई बन्द गरी पार्टी एकतालाई अझ मजबुत बनाउदै सरकार र पार्टी सञ्चालन गर्न र सुखी नेपाली समृद्ध नेपालको सपना पुरा गर्ने तर्फ सम्पूर्ण नेता कार्यकर्तामा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend