साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी बैशाख १७ ।
गुल्मीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पठाएका स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरिएको छ । बुधबार ज्ञवालीका स्वकीय सचिब जंग नेपाली र जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली, नेकपा जिल्ला अध्यक्ष मधुकृष्ण पन्थ लगायतले जिल्ला बिपत ब्यबस्थापन समितिका अध्यक्ष एबम प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामग्री अन्तरगत ८७ से पिपिई, गाउन ४० सेट, ग्लोब्स नौ सय थान, एन नाइन्टीफाईभ मास्क दुई सय १० थान, सर्जिकल मास्क १४ हजार दुई सय, स्प्रे एक थान, सेनिटाइजर ७८ लिटर, थर्मलगन ६५ थान र शु–कभर र क्याप २४ सेट रहेको स्वकीय सचिव नेपालीले बताए । उनले लकडाउन बढ्दै गएको र संक्रमणको जोखिम बढ्दै गएकाले आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरिएको बताए ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले बिपद् व्यावस्थापनको लागि जिल्लाका मन्त्री, सांसद, नेता, जनप्रतिनिधी, दल एवं गैरसरकारी संघसंस्थाले खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयमा प्राप्त गरिएका स्वास्थ्य सामग्री आधारमा स्थानीय तहलाई बितरण गरिने बताए ।
केहि समय पहिलो गुल्मी क्षेत्र नं २ का सांसद तथा पुर्व मन्त्री गोकर्ण बिष्टले तीन सय थान पिपिई र अन्य स्वास्थ्य सामग्री जिल्ला पठाएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend