बैशाख २१ ,काठमाडौं

पवन केसीद्वारा लिखित कथा शुरू हुन्छ यसरी ।
तिम्रा यादले चुर्मुम्मै भिजेको म थिएन कतै ओभानो।चाहिनौंं होला रुओभानो राख्न पनि कतै ।कुनै दिनको मिठो याद, मिठो गतिविधि आज त्यहीँ किन यसरी नमिठो लाग्दैछ मलाई रुतिम्रा याद नमिठा होईनन् ।हुन त केवल धारिला जसले मलाई हरेक पटक चोट मात्रै दिएर गए । किन आउन्छौं तिमी घरीघरी मेरो यादमारुनआए हुदैन रु
तिम्रो त्यो बोली मेरो कानमा किन यसरी गुन्जी रहन्छरुलाग्छ कि तिमि हरेक पटक मसँग पहिला जस्तै बोलिरहेकी छौँ ।मैले उसैगरी सुनिरहेको छु । सम्बन्ध तोडिदैमा याद कहाँ तोडिन सकिदो रहेछ ररुदुरी बड्दैमा माया कहाँ घट्दो रहेछ ररुतिमीलाई भुल्ने मेरा कयौं पटकका प्रयासहरु सबै असफल भएका छन् ।
आज पनि उहीँ रात,उहीँ याद र मान्छे पनि उहीँ । गयो आधा रात बजिसक्यो १ पनि तर तिम्रा यादहरु अझै आधा भएका थिएनन् ।
तिम्रो नाक मुनि रहेको त्यो कोठिको याद र केवल तिम्रो त्यो हावाको गतिमा बगेको कपालको पुराना याद सम्झन्छु अनि मुस्कुराउछु क्या दिन थिए । कति प्यारो थियो तिम्रो र मेरो सम्बन्ध आफैमा लोभलाग्दो अनि रुदैन भन्छु तिम्रो यादमा मुस्कुराउदा मुस्कुराउदै भरिन्छ्न आँखा भरी आँसु पत्तै हुँदैन।तिमीसँगका यादहरु नमिठा पक्कै होइनन् ।तर मेरो वास्तविक जीवनलाई तितो बनाइदिए ।
गन्तव्य तिमीसँगै हिड्ने थियोे।तर आज गन्तव्यविहिन भएको छु । सुरुवातमै जिन्दगीको कलिलो फुल नै चुडिएको जस्तै महसुस गरेको छु।तिम्रो याद कहिले गएन। तिमी मलाई सम्झिन चाहान्नौं मैले फेरि तिमीलाई भुल्न सक्दिन।तिमिले सम्बन्ध टुटाउन जति कोसिस गर्यौ त्यो भन्दा ज्यादा कोसिस मैले सम्बन्ध बचाउन गरेको थिए ।
खै किन हो मेरो आँखाले अझै पनि तिमी फर्किएर आउन्छौं कि भनेर तिम्रै बाटो हेरिरहन्छन ।थाक्दैनन आँखा तिम्रो बाटो हेरेर, दुख्दैन मन तिमिलाई सम्झिएर ।मैले तिमिलाई सम्झिन कहिल्यै छाड्ने छैन ।
मेरो पहिलो प्रेम तिमी,जानेर गरेको प्रेम पनि तिमी नजानेर गरेको प्रेम पनि तिमी । मेरो लागि तिमी जिन्दगी थियौँ । अझै पनि तिमी फर्किएर आउने आश मारेको छैन।सुखमा मेरो याद नआए पनि दुस्खमा भएपनि याद गर्नु किनकि तिम्रो दुस्ख मेरो दुस्ख जस्तै लाग्छ मलाई । ए सुन त साच्चै उहीँ ठाउँमा उहीँ मान्छेले तिमिलाई अझै कुरि रहेको छ भन्ने कुरा नभुल है।