logo
  • मंगलबार, असोज १३ २०८३

स्थानीयको सहकार्यमा सीमामा कडाइ


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

वैशाख १७ गते । नेपालको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलले स्थानीय जनप्रतिनिधि, स्वयंसेवक तथा विभिन्न युवा क्लबसँग समन्वय र सहकार्य गरी सीमा सुरक्षा थप प्रभावकारी बनाएको छ । कोरोना भाइरस
(कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथामका लागि नेपाल–भारत सीमा जोडिएका जिल्लाका स्थानीय तहसँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने रणनीतिअनुसार लुकिछिपी आवतजावत रोक्न स्वयंसेवक परिचालन गरिएको हो ।
सीमा क्षेत्रको आवतजावत निषेध गरिए पनि अनौपचारिक मार्ग तथा लुकिछिपी र महाकाली नदीमा पौडी खेलेर आउनेहरू चुनौतीपूर्ण समस्या बन्दै गएका छन् । यस्तो कार्य रोक्न स्थानीय जनप्रतिनिधि, सम्बद्ध स्वयंसेवक र विभिन्न क्लबलाई सक्रिए बनाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

jL/uGh gfsf aGb
g]kfn / ef/tsf clwsf/Lx?sf] ;xdtLdf &@ 306fsf nflu jL/uGh gfsf aGb ePkl5 d+unaf/ gfsfsf] lgu/fgL ub}{ ;’/IffsdL{ . ;f]daf/ /ftL !@ ah]b]lv aGb ul/Psf] jL/uGh gfsf d+l;/ @! ut]sf] r’gfj ;DkGg ePkl5 vf]lng] lhNnf k|zf;g sfof{no k;f{n] hgfPsf] 5 . tl:a/ M laho s’df/ dxtf], k;f{, /f;;


सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले भौगोलिक अवस्था र २४ घण्टा निगरानी राख्न सक्ने अवस्था नभएकाले स्थानीय जनप्रतिनिधि, स्थानीय अगुवा, स्वयंसेवक र सामाजिक सङ्घसंस्थासँगको सहकार्यलाई प्राथमिकता दिइएको बताउनुहुन्छ ।
केही दिनयता सीमा जोडिएका सप्तरी, कपिलवस्तु, बाँके लगायतका जिल्लामा दूूध र तरकारी बिक्री गर्ने नाममा भारतीय नागरिक नेपालमा आएका तथा मध्यरातमा महाकाली नदी तरेर आएकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको छ ।
सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार सीमा क्षेत्रमा स्थायी र अस्थायी गरी एक हजार २१३ वटा सीमा सुरक्षा पोस्टमा २२ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा निकायको आँखा छलेर आउनेलाई पनि स्थानीयवासीसँगको सहकार्यमा नियन्त्रणमा लिने गरिएको छ ।
ठाउँठाउँमा सशस्त्र
प्रत्येक डेढ–दुई किलोमिटरको दूूरीमा सीमा सुरक्षा पोस्ट (बीओपी) छन् । “विभिन्न बहानामा लुकिछिपी आउन खोज्छन् । अप्ठेरो अवस्थामा पनि ज्यानको बाजी थापेर मध्यरातमा आउने गर्छन्”, उहाँले भन्नुभयो, “यसरी आएकाहरू सबै नियन्त्रणमा छन् । ” निकै अशक्त र बिरामीलाई दुवै देशको समन्वयमा आवतजावत गर्न दिने गरिएको छ । पारि भारतको नाकामा रहेका नेपाली भारतीय सीमा सुरक्षा बल (एसएसबी)को समेत आँखा छलेर आउने गरेका हुन् । सशस्त्र प्रहरी अधिकारीका अनुसार अलपत्र परेर आएका होइनन् ।
तराईका कतिपय सीमा जोडिएका ग्रामीण बस्तीमा राति अवैध मार्ग प्रयोग गरी भारतीय तथा नेपाली नागरिकको नेपाल प्रवेश हुने गरेको गुनासो आएपछि सुरक्षाकर्मीका अतिरिक्त स्थानीय जनप्रतिनिधि, क्लबहरू र स्वयंसेवकलाई सशक्त बनाइएको प्रवक्ता श्रेष्ठले स्पष्ट पार्नुभयो ।
दिउँसो तरकारी, फलफूल, दूूध लगायतका वस्तु बिक्रीवितरण गर्न र आफन्त भेट्न आउनेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ । तर मध्यरातमा दुई÷तीन बजे पैदल हिँडेर, नदी तरेर र साइकल चढेर आउनेलाई रोक्न स्थानीयवासीसँग सहकार्य गर्नु परेको हो ।
भारतमा दुुई हजार १३४ नेपाली र नेपालमा एक हजार २६१ भारतीय सीमा नाकामा रोकिएका छन् । नेपाल सरकार र भारत सरकारबीचको दुईपक्षीय छलफलपछि नेपालको सीमामा रोकिएका करिब एक सय जना भारतीय नागरिक भारतमा र भारतको सीमामा रोकिएका २७० जना नेपाली नेपाल फर्किएका छन् ।
त्यस्तै अझै पनि भारत सीमामा दुई हजार एक सय ३४ नेपाली रोकिएका छन् भने नेपालमा एक हजार २६१ जना रोकिएका छन् । दुई देशबीचको छलफलपछि मात्र सीमामा रोकिएका नागरिकलाई आआफ्नो मुलुकमा फर्काउन सकिने उहाँले बताउनुभयो ।
भारतमा कोरोना महामारीको रूपमा फैलिएका कारण सीमामा थप कडाइ गर्न स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता बढाउन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले निर्देशन दिनुभएको छ । प्रहरीको आँखा छल्नेलाई स्थानीयवासीको सहयोगमा नियन्त्रण लिन सकिने दाबी उहाँको छ ।
महाकाली नदी तरेर तथा घण्टौँसम्म पैदल हिँडेर नेपाल प्रवेश गर्ने दुई दर्जनभन्दा बढी नेपाली नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई कोरोना भाइरस उपचारका लागि स्थापना गरिएको ‘आइसोलेसन’ वार्डमा १५ दिनसम्म राख्ने गरेको छ ।
भारतको सीमामा बस्नुभन्दा नेपाल फर्किएर १५ दिन आइसोलेसनमा बस्दा घर फर्किन पाउने आशाले पनि घन्टौँ हिँडेर वा नदीमा पौडेर मध्यरातमा ज्यान जोखिममा पार्दै नेपाल आउनेको चाप बढ्दै गएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend