logo
  • शुक्रबार, असोज ९ २०८३

विदेशबाट फर्किएकालाई पेशागत सहायताका लागि विवेकशीलले बनायो वेवसाइट

खाडी क्षेत्रमा थाल्यो सूचना संकलन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, वैशाख १६ ।
विवेकशील नेपाली दलले कोरोना महाव्याधीबाट सिर्जित रोजगारी संकटमा परेका नेपालीहरुका लागि सूचना तथा सहायता हुने वेवसाईट बनाएको छ । विदेशबाट नेपाल फर्किने नेपाली जनशक्तिलाई रोजगारदातासंग जोड्नको लागि www.Work4Nepal.com छोट्करिमा W4N तयार गरेको छ ।

यो प्रबिधीको उदेश्य नेपाल फर्कनु हुने लाखौ दक्ष्, अर्धदक्ष जनशक्तिलाई नेपाल मै आ-आफ्नो पेशा, रोजगार र विषयगत दक्षता अनुसारको काममा जोड्नु भएको विवेकशीलका संघीय सूचना प्रविधि विभाग प्रमुख आलोक सुवेदीले बताए । यसो गर्दा बिदेशमा पाइ आएको पारिश्रमिक, सेवासुबिधा बाराबर कै अवसरहरु उपलब्ध गराउने, रोजगारदातासँग समन्व्यय गर्दै जोड्ने र सरकारी गैर सरकारी अवसरहरुमा रोजगारको प्राथमिकताको लागी पहल गर्न सहज हुनेछ ।

२१औ शताब्दी यन्त्र, प्रबिधि, प्रक्रीया, अनुभव र बिषयगत दक्षताले सुसज्जित नेपाल फर्कने पौरखी नेपाली बिना समृद्धीको बाटो आधुरो, असम्भव रहेको विवेकशीलको भनाई छ । यो पोर्टलमा थप सुधारहरु गर्दै जाने विवेकशीलको तयारी छ ।यसै विच खाडी क्षेत्रमा सुझाव र सहायतामा सक्रिय विवेकशील नेपाली रहेको छ ।

विवेकशील नेपाली दलको प्रवास अन्तराष्ट्रिय समितिले खाडी क्षेत्रमा नेपालीबारे जानकारी लिन थालेको छ। विदेशमा कार्यरत नेपालीहरुको स्थिति, राज्य संयन्त्रले खेलेको भूमिका, समस्या र समाधानमुखी पहलको अवस्थाको बारेमा बुझ्ने र सुझाब दिनको लागि पहल थालिएको विवेकशील नेपालीका नेता एवं प्रवासका सुरेश भट्टले बताए ।

अहिलेसम्म कतार, ओमान, युएई, साउदी अरब, बहराईन, कुवेत, इजिप्ट लगायतका देशको राजदुतहरुसँग फोन बार्तामा जानकारी लिनुका साथै सुझाव दिएको विवेकशीलका नेता भट्टले बताएका छन् । राजदूतावासहरुसँग सम्पर्क गरी संक्रमित नेपाली श्रमिकहरुको उपचार र अप्ठ्यारोमा परेकाहरुको उद्दारमा संयोजनकारी भूमीका विवेकशील नेपाली प्रवास समितिले खेलिरहेको छ । यी देशहरुमा विवेकशीलका प्रवास समितिले श्रमिक नेपालीहरुलाई बन्दाबन्दीका बेला सचेतना र सहायता गरिरहेका छन् ।

राजदूतहरूलाई भट्टका सुझावहरु ।

१) राजदुतावाससँग भएका श्रमिकका फोन/इमेल जस्ता विवरणबाट श्रमिकहरुलाई कोरोनाबाट जोगिन सचेतना र अन्य आवश्यक सूचना प्रदान गर्न दुतावास कार्यालयलाई आग्रह ।

२) श्रमिक नेपालीहरुको कार्यरथ कम्पनीसँग उनीहरुको स्वास्थ्य सुरक्षा र रोजगारी सुरक्षाबारे सरकारको परराष्ट्र मन्त्रालयमार्फत र दुतावाकै पहलमा ईमेल, फोन र सेवासुबिधाका लागी कदम चाल्न आग्रह ।

३) बहराईन लगायतका देशमा विद्यार्थी र पर्यटक भिसामा आएका नागरिकहरु थप समस्यामा परेकाले आवश्यक पहल लिन आग्रह ।

४) नेपाल फर्किन चाहने विद्यार्थी र पर्यटक भिसामा आएका नागरिकहरु र केही श्रमिक नागरिकहरु समेत आफ्नै पैसामा नेपाल फर्किन चाहेकाले उनीहरुलाई स्वदेश फर्किने माहोल मिलाउन आग्रह ।

५) कतारमा मात्रै ३ लाख ४० हजार नेपालीहरु श्रमिक मध्ये कोरोना संक्रमित भएका नेपालीहरुको जानकारी सार्वजनिक गर्न र उनीहरुको अद्यावधिक अवस्था परिवारलाई समेत जानकारी दिन दुतावासलाई पहल गरिदिन आगग्रह ।

६) खाडीमा ५८ वटा लासहरु स्वदेश फर्काउन नसकिएकोमा तत्कालै त्यसतर्फ कदम चाल्न आग्रह ।

७) कोरोना महाव्याधी पछि प्रवासमा रहेका नेपालीहरुबारे स्पष्ट योजना बनाउन दुतावासहरुमार्फत नेपाल सरकारलाई आग्रह ।

८) कोरोना कहर पछीको सामान्य अवस्थामा प्रवास देखी लाखौँ नेपालीहरू स्वदेश फर्किने हुँदा दूतावासले नेपाल सरकार लाई बेलैमा सूसूचित गरी रोजगार र युवाहरुलाई आवास्‍यक शिपमुलक तालीमको लागी आग्रह l

उपर्युक्त सुझाव नेपाली श्रमिक रहेका हरेक देशका दुतावसमा सम्पर्क गरी दिइएको तथा सबै भन्दा बढी नेपाली रहेको कतारमा विवेकशील आफै पनि संलग्न भई श्रमिकहरुको सहायता गरिरहेको भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend