logo
  • मंगलबार, असोज १३ २०८३

माध्यमिक शिक्षा परिक्षा दिने विद्यार्थीलाई रेडियो वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

रोल्पा, बैशाख १६ ।
रोल्पाको लुङग्री गाउँपालिकाले विश्वभर महामारीको रुपमा फैलीरहेको नोवेल कोरोना भाइरस कोविड–१९ रोगको कारण देश नै लकडाउन भएको अवस्थामा यसबाट शिक्षण संस्थाहरुमा प्रत्यक्ष शिक्षण प्रणाली ठप्प रूपमा बन्द भइ विद्यार्थीहरु अन्योल अवस्थामा रहिआएको कुरालाई मध्यनजर गर्दै माध्यमिक शिक्षा परिक्षामा सहभागी हुने लुङग्री गाउँपालीका सम्पुर्ण विद्यार्थी साथै माध्यमिक शिक्षा परिक्षामा सहभागी हुने सम्पुर्ण विद्यार्थिहरुको पढाइमा केहि सहयोग पुगोस भन्ने उदेश्यका साथ सामाुदायीक रेडियो मालश्रीबाट रेडियो शिक्षा कार्यक्रम बैशाख १५ गतेदेखि सञ्चालन गर्दै आइरहेकोछ।

यो रेडियो शिक्षा कार्यक्रम हरेक दिन विहान १० वजे देखि ११ बजेसम्म रेडियो शिक्षा कार्यक्रम सञ्चालन भैइ रहेको छ।यस कार्यक्रम मार्फत अङ्ग्रेजी, गणित र बिज्ञान विषय पढाई हुनेछ अप्रत्यक्ष रूपमा पढाई हुने हुदा कसै संग रेडियो हुनसक्ने कसै संग नहुन सक्ने कुराको मध्य नजर राख्दै आफ्नो गाउँपालिका भित्र रहेका सातवटा वडा भित्र सातवटा माध्यमिक बिधालयका ३३५ बिद्यार्थीलाई एक-एक थान रेडियो र सातवटा विधालयलाई सातवटा रेडियो गरि ३४२ वटा रेडियो निःशुल्क रुपमा लुङग्री गाउँपालीकाका अध्यक्ष दुर्गावहादुर खड्काले ७ वटै विद्यालयलाई हस्तान्त्रण गर्नुभएको छ।

रेडियो वितरण कार्यक्रममा गाउँपालीका उपाध्यक्ष भिमकला वुढाथोकि, प्रमुख प्राशासकिय अधिकृत रविन्द्र प्रशाद चौधरी, शिक्षा प्रमुख पुर्ण प्रसाद उपाध्य, सरस्वति मावि लुङग्री १ पाङ दाइवाङ प्रअ उमेश पुन, गोकुल मावि लुङग्री २ सिर्पका प्रअ गणेश रिजाल, सामाजिक मावि लुङग्री ३ धनेखर्क जुतुङ खोलाका प्रअ खगेन्द्र बहादुर खड्का, गौरीशंकर मावि लुङग्री ४ ठुलो नम्जाका प्रअ तुल बहादुर खड्का, व्रहाक्षेत्र मावि लुङग्री ५ किलाचौरका प्रअ पुर्ण चन्द्र वहादुर खड्का, जनज्योति मावि लुङग्री ६ गुम्चालका निमित्त प्रअ तिलक केसी र नेरा मावि लुङग्री ७ हार्जङका निमित्त प्रअ निम वहादुर थापा लगाएतको उपस्थीत रहेको थियो।

साथै रेडियोलाई सुरक्षित साथ प्रयोग गरि रेडियो शिक्षा कार्यक्रमलाई प्रभावकारी वनाउनको लागी लुङग्री गाउँपालीका भित्रका विद्यार्थि र अभिभावकलाई शिक्षा शाखा प्रमुख पुर्ण प्रशाद उपाध्यले अनुरोध समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend