logo
  • मंगलबार, असोज १३ २०८३

प्युठानमा राजधानीबाट आएका २७ जनालाई क्वारेन्टाइनमा राखीयो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

रमेश गिरि, प्युठान वैशाख १६ ।
प्युठान नगरपालिका वडा न.९ मरन्ठानामा राजधानीबाट आएका २७ जनालाई क्वारेन्टाइनमा राखिएकाे छ । बाल शिक्षा प्रा वि फुलवारी गुरीगाँउमा ४ जना, विद्या भण्डार प्रा वि धगेमा ४ जना , सृजनशिल तारा ईग्लिस वाेडिङ्ग स्कुल बुढादेवीमा १९ जना गरी जम्मा २७ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएकाे हाे ।

क्वारेन्टाइनमा जिल्ला विकास समिति प्युठानका पुर्व सभापती कर्णध्वज केसीकाे ८१ वर्षे आमा खिमादेवी केसी सहित ८२ वर्षे चित्र बहादुर बुढाथाेकीलाई पनि क्वारेन्टाइनमा राखिएकाे छ । काठमाडौंबाट जिल्लामा अाउन चाहाने नगरवासीहरूलाई प्युठान नगरपालिकाले लिएर क्वारेन्टाइनमा राखेकाे हाे ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूकाे सम्पुर्ण सेवा सुविधाकाे व्यवस्था नगरपालिकाले गर्ने र हालसम्म प्युठान नगरपालिका भित्र रहेका १० वटै वडाका विभिन्न १३ स्थानमा रहेका क्वारेन्टाइनमा १६९ जना व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखिएकाे कुरा नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी गराउनु भयाे । आज मात्र नगरपालिकामा काठमाडौंबाट आएका ९५ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई १४ दिनसम्म राख्ने र साेहि अवधि भरी सरसफाइ ,खानपिन, स्वास्थ्य परीक्षण तथा सुरक्षाकाे लागि आवश्यक मात्रामा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूकाे व्यवस्था गरिएकाे नगरप्रमुखले जानकारी गराउनु भएकाे छ ।

मरन्ठानाकाे बुढादेवीकाे क्वारेन्टाइनमा रहनु भएकी आफ्नी आमा तथा सम्पुर्ण व्यक्तिहरूलाई भेट्न जिविस प्युठानका पुर्व सभापती ,समाजसेवी बाेम बहादुर भण्डारी , दिपेन्द्र केसी , वडा सचिव ध्रुव बहादुर जिसी लगायतका आफन्तहरूकाे उपस्थिति थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend