logo
  • मंगलबार, असोज १३ २०८३

छत्रदेव गाउँपालिकाले आफ्ना नागरिकलाई यातायात व्यवस्था गर्दै


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची बैशाख १५ ।
कोरोना भाईरस (Covid-19) को महामारीको विषम परिस्थितिमा नेपालमा पनि लगडाउन चलिरहेको छ । तर केहिदिन यता भने नेपालमा लगडाउन फितलो बन्दै गएको छ। लगडाउन फितलो बनेसंगै काठमाडौं र अन्य जिल्ला लगाएत भारतबाट आफ्नो गृहजिल्ला फर्कने होडबाजी नै चलिरहेको देखिन्छ यसै क्रममा अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पनि आइतबार २२ जनाको सङ्ख्या थपिएको छ ।

आइतबार एकाबिहानै भारतबाट आएका तिन जनालाई बलकोटमा रहेको पालिकाको क्वारेनटाइनमा राखिएको छ भने काठमाण्डौबाट बुटबल, कपिलबस्तु गोरुसिंगे हुदै दिउसो सन्धिखर्क सम्म आएका अर्को १९ जनाको समुहलाई छत्रदेव गाउँपालिकाले नै आफै यातायात ब्याबस्थापन गरि पालिका सम्म ल्याएको छ ।

आफ्ना नागरिकहरु काठमाडौंबाट सन्धिखर्कसम्म आएको र सदरमुकामबाट पालिकासम्म आउन यातायातको असुविधा भएको उनीहरुको गुनासो आएसङ्गै पालिकाले आफ्नै खर्चमा लु २ ख २१४९ नंम्बरको छत्रदेव ट्रावल्सको डिलक्स बसमा ब्याबस्थापन गरि छत्रदेव ल्यायको हो ।

छत्रदेब गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेल, पालिकाका स्वास्थ्यकर्मीहरु, वडाका जनप्रतिनिधि, प्रहरी लगाएतको टोलीको उपस्थितिमा सन्धिखर्क र छत्रदेवको सिमाना मथुराबेसिमा भेटेर उनीहरुको डाटा सङ्कलन गरि थर्मल गनको माध्यामबाट ज्वरो परिक्षण गर्दा सबैको शरीरको तापक्रम सामान्य देखिएपछि १९ जनालाई नै घर पठाइएको पालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो।

“टिमका सबै जनाले आफुहरु पालिकाको नियम र निर्देशन पालना गरि अबको २१ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने अठोट गर्नुभएको छ सम्झाई बुझाइ घर पठाएका छौ उहाहरुलाई आफ्नो घरकै क्वारेन्टाइनमा बस्न निर्देशन दिइ वडा प्रतिनिधिहरु र प्रहरी चौकीका इन्चार्जहरुको रोहोवरमा घर पठाएका हौ उहाहरुको सबै डिटेल र डाटा पालिकामा सुरक्षित रहन्छ उहाहरुको नियमित निगरानी गर्छौ ” छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनु भयो ।

प्रमुख प्रशासकिय अधिकृत भुसालका अनुसार बिगत पाचदिन यता छत्रदेव गाउँपालिकाको कार्यालयमा जानाकारी गराई आधिकारिक रुपमा काठमाण्डौ लगाएत अन्य जिल्ला बाट १० गते बुधबार महिला र पुरुष गरि ९७ जना र १२ गते शुक्रबार २२ जना र १४ गते बिहान भारतबाट आएका ३ जना र दिउसो सम्म काठमाडौंबाट आएका १९ जना गरी जम्मा १४१ जना पालिकामा आइसकेको जानाकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend