साझा नेटवर्क
अजय जेम्स,गुल्मी बैशाख १५ ।
औषधि व्यावसायी संघ गुल्मीले जिल्ला विपद ब्यावस्थापन समितिलाई स्वास्थ्य राहत सामाग्री वितरण गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यलयमा १ हजार थान सर्जिकल माक्स, ४५ थान सेनिटाइजर, १ हजार थान पन्जा र ४ सेट पिपिई औषधि व्यावसायी संघ गुल्मीका अध्यक्ष महेश श्रेष्ठ र सल्लाहकार शेरबहादुर थापाले प्रमुख जिल्ला अधिकारी तथा जिल्लाबिपद व्यावस्थापन समितिका अध्यक्ष भरतकुमार शर्मालाई हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य राहत सामाग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी तथा बिपद व्यावस्थापन समितिका अध्यक्ष भरतकुमार शर्माले कोभिड १९ अर्थात कोराना भाईरस संक्रमाण हुन बाट बच्न तथा यसलाई रोकथाम गर्नको लागी स्वास्थ्य राहत सामाग्री उपलब्ध गराएकोमा औषधि व्यावसायी संघ गुल्मीलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
यस्तै शर्माले ति स्वास्थ्य राहत समाग्रीहरु मध्ये ५ सय थान सर्जिकल माक्स,२५ थान सेनिटाईजर,५ सय थान पन्जा र २ सेट पिपिई नेपाल प्रहारीलाई हस्तान्तरण गर्नुभएको थियो र बाँकि रहेका राहत समाग्री जिल्ला बिपद ब्यावस्थापन कोषमा रहने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद व्यावस्थापन समितिका अध्यक्ष भरतकुमार शर्माले जानाकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend