साझा नेटवर्क
सीता बि. क,प्युठान बैशाख १५ ।
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं पुर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले प्यूठान जिल्लाका लागि पठाएको स्वास्थ्य सामाग्री वितरण सम्पन्न भएको छ । आईतबार, प्यूठान नगरपालिकालाई हस्तान्तरण गरेसँगै वितरण सम्पन्न भएको हो ।
गौतमले स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका लागि हाल ठूलो परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । नेता गौतमको सहयोग र प्रदेश नं. ५ का प्रदेश कमिटि सदस्य नेकपाका युवा नेता विजयविराज विष्टको सक्रियातामा संकलित व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई), स्यानिटाईजर, माक्स, हेडक्याप जिल्लाका सवै स्थानीय तहमा वितरण गरिएको थियो । ७ वटा गाउँपालिकाका लागि १२ सय थान माक्स, २ प्याकेट हेड क्याप, ९ सेट पिपिई, ७५ पिस स्यानिटाईजर र १०० पिस गोल्ब्सका दरले वितरण गरिएको नेकपा प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले जानकारी दिनुभयो ।
त्यस्तै २ वटा नगरपालिकाका लागि २ हजार थान माक्स, २ प्याकेट हेडक्याप, ९ थान पिपिई, ९० पिस स्यानिटाईजरका दरले उपलब्ध गराईएको छ । नेकपाले स्थानीय तहमै पुगेर सामाग्री हस्तान्तरण गरेको हो । यस्तै जिल्ला प्रहरी कार्यालय प्यूठान, जिल्ला अस्पताललाई समेत केहि थान स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । ‘प्रदान गरिएको सहयोग सामाग्री प्रयाप्त नभएपनि महाविपत्तिको यस अवस्थामा सवै एकजुट हुन आवश्यक छ ।’ ,नेकपा अध्यक्ष शर्माले भन्नुभयो, ‘कोरोना संक्रमणबाट बच्न सवैले आ–आफ्नो तहबाट सहयोग गर्नुपर्छं ।’ स्वास्थ्य सेवाबाट कसैलाई बन्चित हुन नदिन आवश्यक व्यवस्थापन गरिरहेको भन्दै प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले सहयोगीलाई धन्यवाद दिनुभएको छ ।
यसैवीच युवा नेता विष्टको सक्रियता र स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको संयोजनमा जिल्ला स्वास्थ्य कार्यालय प्यूठान र प्राथमिक स्वास्थ्य केन्द्र खलंगालाई पनि विभागको तर्फबाट केहि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । खलंगा प्राथमिक स्वास्थ्य केन्द्रलाई ५०० माक्स, १० पिस गाउन, १० लिटर सेनिटाईजर, ५ पिस एन ९५ माक्स, सर्जिकल ग्लोब्स २०० जोर प्रदान गरिएको हो । स्वास्थ्य कार्यालयलाई २ हजार थान माक्स, १० थान एन ९५ माक्स, ३० लिटर सेनिटाईजर, २०० जोर सर्जिकल ग्लोब्स, २५ थान गाउन र १५ सेट पिपिई उपलब्ध गराईएको हो ।
अन्य स्वास्थ्य सामग्रीभन्दा स्वास्थ्यकर्मीका लागि हाल पिपीइ महत्वपूर्ण रहेकाले प्राप्त पिपीइले निकै ठूलो मद्दत पुग्ने स्थानिएको बुझाई छ । अब स्वास्थ्यकर्मी निर्धक्क उपचारमा लाग्नेछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend