logo
  • मंगलबार, असोज १३ २०८३

प्युठानको गौमुखी गाउँपालिकामा ८५ जना क्वारेन्टाइनमा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

जोगिन्द्र मल्ल, प्युठान बैशाख १४ ।
यतिबेला कोरोना भाइरसको महामारी बिश्वमा फैलिरहेको छ । नेपालमा पनि संक्रमितको संख्या वृद्धि भइ रहेको सन्दर्भमा गौमुखी गाउँपालिका प्युठानले अहिलेसम्म क्वारेन्टाइनमा बसेकाहरुका ब्यक्तिहरुको अध्यावधिक विवरण तयार गरेको छ । गौमुखी गाउँपालिकामा हाल सम्म ८५ जना क्वारेन्टाइनमा बसेका छन । जसमध्ये महिला १२ जना र पुरुष ७३ जना रहेका छन ।

गौमुखी गाउँपालिकाले खुङको पुर्ण प्रा बि सालिबिसौनामा ५ जना ,अर्खा १र अर्खा २ ले अर्खा मा बि मा ३८ जना रजवाराको खरा मा बि मा ३ जना, पुजाको महेन्द्र मा बि र शिशु प्रा बिमा ११ जना, खुङको जनसहयोगी र वडा भबनमा १४ जना,र नारीकाेटको अमृत मा बिमा ३ जना क्वारेन्टाइनमा बसेका छन।भने लिबाङमा अहिलेसम्म कुनै पनि ब्यक्ति क्वारेन्टाइनमा बसेका छैन्न।

गौमुखी गाउँपालिकामा १८५ जना क्षमता रहेको क्वारेन्टाइन निर्माण गरेको र नेपालको राजधानी लगायत विभिन्न जिल्लाबाट ज्याला मजदुर गरि गाउँ फर्कनेहरुको लाम लाग्न थालेको र स्थानीय तहले अहिलेसम्म बाहिरबाट गाउँपालिका भित्रीएका र गाउँपालिकाबाट अन्य गाउँ तथा जिल्ला जान लागेकाहरुलाई गन्तव्य सम्म पुराउन पहल गरेको तथा गाउँ भित्रएकाहरुलाई क्वारेन्टाइन राखेको गौमुखि गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend